Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • नेपालफेसको समाचारप्रति डा. कृतु सुनारको खण्डन


    आइतबार, कार्तिक ३० २०८२
    745
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • श्री सम्पादकज्यू

    ‘फेरि माइलाउँदै नेटवर्किङ कारोबार : अवार्जना कम्पनीबाट करोडौं ठगी’

    उपरोक्त शीर्षकमा नेपालफेसले कात्तिक २९ गते शनिबार प्रकाशित\प्रसारित गरेको समाचारले मेरो गम्भीर ध्यानाकर्षण गराएको छ ।

    समाचारमा उल्लेख गरिएका विवरणहरू पूर्णरूपमा निराधार, भ्रामक, तथ्यहीन र कुनै पनि प्रमाण, यथार्थ तथा विश्वसनीय स्रोतमा आधारित नभएको हुँदा मैले यसमार्फत् औपचारिक खण्डनरस्पष्टीकरण पेस गर्न चाहन्छु ।

    उक्त समाचारमा प्रयोग गरिएका शब्दहरू, आरोपहरू र प्रस्तुतीकरणले मात्र मेरो व्यक्तिगत छवि होइन, मेरो आमाबाबु, मेरो परिवार तथा मेरो मातृक पक्षका परिवारको प्रतिष्ठा, मर्यादा र सामाजिक सम्मानमा गम्भीर आघात र्पुयाएको छ ।

    उक्त समाचार कुनै पुष्टि, प्रतिक्रिया (Right of reply), तथ्य–जाँच वा आधारभूत प्रमाण बिना प्रकाशित गरिएको देखिन्छ, जुन प्रेस आचारसंहिता २०७३ विपरीत कार्य हो ।
    खण्डनका मुख्य बुँदाहरू

    उक्त समाचारमा उल्लेख गरिएको सम्पूर्ण विवरण पूर्ण रूपमा गलत, निराधार र कपोलकल्पित छ ।

    कुनै प्रमाण, कागजात, आधिकारिक तथ्य वा विश्वसनीय स्रोत प्रस्तुत गरिएको छैन ।

    ‘करोडौं ठगी’, ‘अवार्जना कम्पनी’ जस्ता शब्दहरूको प्रयोग कुनै प्रमाणबिना व्यक्तिको मान–प्रतिष्ठा ध्वस्त पार्ने उद्देश्यले गरिएको छ ।

    समाचार प्रकाशन अघि म तथा मेरो परिवारसँग कुनै प्रतिक्रिया (Right of reply)  लिने प्रयास नगरेको, जुन प्रेस आचारसंहिता अनुसार कडाइका साथ निषेधित छ ।

    सामग्रीले व्यक्तिगत प्रतिष्ठा (Right to reputation_परिवारको सामाजिक सम्मान, र निजता अधिकारमा प्रत्यक्ष चोट र्पुयाएको छ ।

    यस्तो दुष्प्रचार गर्ने कार्यले भ्रान्ति, नकारात्मकता र चरित्रहत्या (Defamation) प्रवद्र्धन गरेको छ, जुन आपराधिक तथा देहायका करार कानुन अनुसार दण्डनीय कृत्य हुन सक्छ ।

    उपरोक्त बुँदाहरूका आधारमा, म नेपालफेस सम्बद्ध सम्पादकज्यू र प्रकाशन विभागसमक्ष निम्न मागहरू राख्दछु—
    उक्त समाचारको पूर्ण खण्डन, सुधार वा वापसी तुरुन्तै गर्नुपर्ने ।

    मेरो औपचारिक खण्डन\प्रतिकृया जस्ताको तस्तै सोही माध्यममा प्रकाशित–प्रसारित गर्नुपर्ने ।

    भविष्यमा निराधार, अप्रमाणित र चरित्रहत्या हुने सामग्री पुनः प्रकाशित गर्ने स्पष्ट सुनिश्चितता प्रदान गर्नुपर्ने ।

    डा. कृतु सुनार

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार