Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ५.१५ अंकले घट्यो नेप्से परिसुचक


    आइतबार, कार्तिक ३० २०८२
    700
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २५४० अंकमा झरेको छ ।

    अघिल्लो दिनको तुलनामा नेप्से ५.१५ अंक घटेको हो । दिनभर बजार सामान्य उतारचढावमै सीमित रह्यो । दिउँसो २:५३ बजे नेप्से आजको न्यूनतम अंक २५३३ सम्म झरेको थियो ।

    ७४ कम्पनीको मूल्य बढ्दा १६८ को घट्यो भने १४ को स्थिर रह्यो ।

    बजार घट्दा कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ३ अर्ब ४९ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८९ करोडको भयो । सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो ।

    तीन समूहगत सूचक बढेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार