Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • दुर्गा प्रसाईंले पनि दर्ता गरे नयाँ दल, सभापतिमा माधव खतिवडा


    आइतबार, कार्तिक ३० २०८२
    710
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पनि निर्वाचन आयोगमा दल दर्ता गरेका छन्। आइतबार आफू सभापति रहने गरी दल दर्ताको सबै प्रक्रिया पूरा भएको माधव खतिवडा (माधव कल्पित) ले बताए।

    आफू सभापति भए पनि पार्टीको मुख्य व्यक्ति दुर्गा प्रसाईं नै भएको कल्पितले बताएका छन्।

    कल्पितसहित पार्टीका सदस्यहरुले आइतबार बिहान निर्वाचन आयोगमा गएर सनाखत गरिसकेका छन्। उनीहरुको नागरिक बचाउ दल नेपालको दर्ता नम्बर ६३० छ।

    मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन घोषणा गरेका प्रसाईंको अभियान समूहलाई सरकारले वार्तामा बोलाएको छ। २७ बुँदे माग राखेका प्रसाईँको नागरिक बचाउ महाअभियानले दल दर्ता गरेर निर्वाचनको लागि तयारी पनि सँगसँगै अगाडी बढाएको कल्पितले बताए।

    पार्टीको उपसभापतिमा ईश्वरीप्रसाद भट्टराई र देवीप्रसाद संग्रौला छन्। पार्टीको महामन्त्री प्रेमकुमार थाम्सुहाङ, सहमहामन्त्री विष्णु बोहरा क्षेत्री, कोषाध्यक्ष सुष्मा रेग्मी रिजाल र प्रवक्ता प्रेम थापा मगर छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार