काठमाडौं । जेनजी प्रदर्शनपछि संयुक्त अरब इमिरेट्स (यूएई)ले रोकेको भिसा आवेदन बिहीबारदेखि लिन सुरु गरेको छ।
जेनजी प्रदर्शन हिंसात्मक बन्दा यूएईले भिजिट र रोजगारी भिसा नदिनुका साथै आवेदन पनि बन्द गरेको थियो।
भिसा रोकेको विषयमा यूएईले नेपाल सरकारलाई औपचारिक जानकारी नदिनुका साथै यस सम्बन्धमा कुनै सार्वजनिक सूचना पनि जारी गरेको थिएन।
तर यूएईले अनलाइन पोर्टल मर्मतका क्रममा समस्या देखिएकाले नेपालबाट भिसा आवेदन गर्न नमिलेको भन्ने अनौपचारिक जानकारी दिएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए।
बिहीबारदेखि यूएईका लागि भिसा आवेदन दिने ठाउँमा पासपोर्टका आधारमा राष्ट्रियता छनोट गर्ने स्थानमा नेपाल देखिन सुरु भएको छ। यस अघि राष्ट्रियता छनोट गर्दा नेपाल देखिँदैन थियो।
केही ट्राभल एजेन्सी सञ्चालकहरुले बिहीबारदेखि यूएईले भिजिट भिसा आवेदन लिन थालेको बताएका छन्। तर, रोजगारी भिसा भने अझै खुल्न बाँकी रहेको छ।
काठमाडौँ । जुवा खेल्ने तथा सट्टाबाजी गर्ने गरेको आरोपमा सुर्खेत प्रहरीले ५५ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिकाका विभिन्न वडामा...
काठमाडौँ। झापाको दक्षिणी सीमावर्ती क्षेत्र झापा गाउँपालिकामा चौपाया तस्कर र सशस्त्र प्रहरीबीच झडप हुँदा एकजना घाइते भएका छन्। नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरिएका...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गाई तिहारका दिन गाईको पूजा गरेका छन् । उनले राष्ट्रपति भवन शीतल निवासमा धनधान्यकी देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गरेका...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend