Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लुम्बिनी प्रदेशको सातौँ अधिवेशन आह्वान


    शुक्रबार, कार्तिक २८ २०८२
    560
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • लुम्बिनी । लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले मङ्सिर ८ गतेदेखि प्रदेश सभाको हिउँदे (सातौँ) अधिवेशन आह्वान गरेका छन् ।

    नेपालको संविधानको धारा १८३ को उपधारा (१) र धारा १६६ को उपधारा (२) बमोजिम मङ्सिर ८ गते सोमबार अपराह्न १:०० बैठक हुनेगरी प्रदेश प्रमुख घर्तीले अधिवेशन आह्वान गरेका हुन् ।

    प्रदेश सभा सचिवालयमा जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधा सम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भएका छन् ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार