काठमाडौँ। सेयरबजारमा बुधबार २०.५६ अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से उक्त अंकले घटेर २५४४. ५९ विन्दुमा झरेको हो।
बुधबार पनि कारोबारमा खासै सुधार देखिएको छैन। ८४ लाख कित्ता बिक्री भएको दिन बजारमा कुल ३ अर्ब ८४ करोडको खरिदबिक्री भएको नेप्सेले उल्लेख गरेको छ।
यस दिन ४९ वटा सेयर बढे पनि १९८ वटाको मूल्य घटेको छ भने ७ वटा अघिल्लो मूल्यमै कारोबार भएका छन्।
बढेकामध्ये भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी र सागर डिस्टिलरीको सेयरमा पजिटिभ सर्किट लागेको छ भने बुंगल हाइड्रो, बन्दीपुर केबलकार र अपरसोलु हाइड्रो इलेक्ट्किको क्रमशः ९.९८, ९.९८ र ५.३१ प्रतिशतले मूल्य बढेको छ।
गिरावट आउनेमा भने दरमखोला हाइड्रो अगाडि छ। कम्पनीको सेयर ८.७२ प्रतिशतले घट्दा माबिलुङ इनर्जी पनि ८.२१ प्रतिशतले घटेको छ।
कारोबारमा भने एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट अगाडि छ। कम्पनीको ४० करोडको कारोबार हुँदा राधी २२ करोड, साहस ऊर्जा १४ करोडसहित क्रमशः दोस्रो र तेस्रो धेरै कारोबार हुने कम्पनी बनेका छन्।
डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
काठमाडौं । सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ पालिकाका प्रमुख प्रशासकीय अधिकृतको...
काठमाडौँ । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति प्राप्त नगरी हवाई टिकट नकाट्न वैदेशिक रोजगारीमा जाने श्रमिकलाई आग्रह गरेको छ। विभागले शुक्रबार अत्यन्त जरुरी सूचना जारी...
काठमाडौँ। गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) निलम्बन गरेको छ। मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै अर्को निर्णय नभएसम्मका लागि निलम्बन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend