Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एकैदिन ४ हजार ९ सय रुपैयाँले बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


    मंगलबार, कार्तिक २५ २०८२
    995
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं ।नेपाली बजारमा आज मंगलबार एकैदिन सुनको भाउ करिब ५ हजार बढेको छ ।

    अघिल्लो दिनको तुलनामा आज प्रतितोला ४ हजार ९ सय रुपैयाँले सुनको भाउ बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुन प्रतितोला २ लाख ४६ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ४१ हजार ५ सय रुपैयाँ थियो ।

    त्यस्तै चाँदीको भाउ पनि तोलामा १०५ रुपैयाँ बढेको छ । अघिल्लो दिन ३ हजार ६५ रुपैयाँ रहेको चाँदी आज ३ हजार १७० रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार