काठमाडौँ । नेपाल राष्ट्र बैंकका ११ जना कार्यकारी निर्देशकहरूको सरुवा गरिएको छ। राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले बुधबारदेखि लागू हुने गरी ती कार्यकारीहरूको सरुवा गरेका हुन्।
विदेशी विनिमय व्यवस्थापन विभागमा कार्यरत रेवतीप्रसाद नेपाललाई सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा सरुवा गरिएको छ। उनको ठाउँमा किरण पण्डितलाई जिम्मेवारी दिइएको छ, जो यसअघि भुक्तानी प्रणाली विभागमा कार्यरत थिए।
बैंक तथा वित्तीय संस्था नियमन विभागका गुरुप्रसाद पौडेललाई मानव संसाधन व्यवस्थापन विभागमा पठाइएको छ भने मुद्रा व्यवस्थापन विभागमा कार्यरत रामु पौडेललाई बैंक तथा वित्तीय संस्था नियमन विभागमा सरुवा गरिएको छ।
त्यस्तै, विश्रुता थापालाई मानव संसाधन विभागबाट वित्तीय संस्था सुपरिवेक्षण विभागमा सरुवा गरिएको छ। मौद्रिक व्यवस्थापन विभागका दयाराम शर्मालाई गभर्नरको कार्यालयमा तानिएको छ।
यस्तै, सत्येन्द्र तिमिल्सिनालाई भुक्तानी प्रणाली विभाग, रोशनकुमार सिग्देललाई बैंकिङ विभाग, अनुज दाहाललाई मुद्रा व्यवस्थापन विभाग र राजन विक्रम थापालाई संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा सरुवा गरिएको छ।
डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
काठमाडौं । सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ पालिकाका प्रमुख प्रशासकीय अधिकृतको...
काठमाडौँ । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति प्राप्त नगरी हवाई टिकट नकाट्न वैदेशिक रोजगारीमा जाने श्रमिकलाई आग्रह गरेको छ। विभागले शुक्रबार अत्यन्त जरुरी सूचना जारी...
काठमाडौँ। गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) निलम्बन गरेको छ। मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै अर्को निर्णय नभएसम्मका लागि निलम्बन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend