काठमाडौं । नेपालका गिटार वादक समिप न्यौपानेले टर्कीमा आयोजित अन्तर्राष्ट्रिय कार्यक्रममा उत्कृष्ट प्रस्तुति दिएका छन् । ‘गोल्डेन किड्स इन्टरनेशनल’ मार्फत् सहभागी भएका न्यौपानेले नेपालीपन झल्किने धुन प्रस्तुत गरेका थिए । आयोजक, निर्णायक र दर्शक सबैले उनको गिटार बादनको प्रशंसा गरेका छन् ।
नेपालकी नेशनल डाइरेक्टर प्रमिला सिलवालको नेतृत्वमा सहभागी भएका न्यौपानेले गिटारमा प्राविधिक दक्षता, आत्मविश्वास र संगीतप्रतिको समर्पण देखाएका थिए । आयोजकहरूले उनलाई ‘भविष्यको अन्तर्राष्ट्रिय कलाकार’ को रुपमा उदाउन सक्ने संभावना देखेका छन् ।
सानै उमेरदेखि संगीतप्रति रुचि राख्ने समिपले निरन्तर अभ्यास र लगनसाथ आफूलाई दक्ष गिटार वादकका रूपमा स्थापित गरेका छन् । परिवारको समर्थन र मार्गदर्शनले उनलाई अन्तर्राष्ट्रियस्तरसम्म पुग्न प्रेरित गरेको बताइएको छ ।
कार्यक्रममा विभिन्न देशका युवा कलाकार सहभागी थिए । प्रतिस्पर्धा कडा भए पनि समिपको प्रस्तुतिले सबैको ध्यान तानेको थियो । उनले नेपाली संगीतको विविधता र भावनालाई गिटारमार्फत् प्रस्तुत गर्दा उपस्थित दर्शक मन्त्रमुग्ध बनेका थिए ।
गिटार बादनमा देशलाई चिनाएका समिपले भने–‘टर्कीमा नेपाललाई प्रतिनिधित्व गर्नु मेरो लागि गर्वको कुरा हो । भविष्यमा अझ धेरै सिकेर नेपाली संगीतलाई विश्वमञ्चमा पुर्याउने मेरो लक्ष्य छ ।’
यस उपलब्धिले नेपालमा बाल प्रतिभा प्रोत्साहनका अभियानमा नयाँ ऊर्जा भरेको छ । विद्यालय, संगीत संस्था र अभिभावकहरू समिपको उदाहरणबाट प्रेरित हुँदै बालबालिकामा लुकेका प्रतिभा पहिचान र विकास गर्न उत्साहित भएका छन् ।
समिप न्यौपानेको यो अन्तर्राष्ट्रिय यात्रा केवल व्यक्तिगत सफलतामात्र नभई नेपाली संगीत र संस्कृतिको प्रतिष्ठासँग जोडिएको गर्वको विषय बनेको छ ।
काठमाडौं । नेपाली चलचित्र क्षेत्रको प्रतिष्ठित १७ औँ डि सिने अवार्ड समारोहमा पत्रकार नुमाकान्त पौडेल सम्मानित भएका छन् । छायाँछवि क्रियशनको आयोजनामा काठमाडौंमा रहेको...
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले चलचित्र लालीबजार रोक्नुपर्ने बताएका छन् । अध्यक्ष साम्पाङले सामाजिक संजालमै लालीबजार रोक्नुपर्ने बताएका छन् । उनले लेखेका...
काठमाडौं । गएको भदौ २४ गतेको जेनजी प्रदर्शनमा नख्खुजेलमा आगजनी गरी कैदमुक्त भएका रास्वपा सभापति रवि लामिछानेलाई सनरुफवाला बीआईडी गाडीमा राखी आफैंले हाँकेको अन्तर्वार्ता...
काठमाडौँ। गायक रामकृष्ण ढकालले साइबर ब्युरोमा उजुरी दिएका छन्। गायक ढकालले आफ्नो चरित्र हत्या गरेको भन्दै शुक्रबार उजुरी दिएको साइबर ब्युरोका प्रमुख डीआईजी नविन्द अर्यालले...
मुम्बई । भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend