काठमाडौं । जेन–जी समूहको आन्दोलनपछि सुशीला कार्की नेतृत्वको सरकार गठन भएको १२ दिन बितिसकेको छ । जेन–जी समूहको आन्दोलनले एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको कांग्रेस सम्मिलित सरकारले राजीनामा दिइसकेको अवस्थामा पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा एमालेकै हालीमुहाली चलिरहेको छ ।
भानु नगरपालिकाको मेयरमा पराजीत भएपछि पार्टीले तय गरेको मापदण्डबिपरीत राष्ट्रियसभा सदस्यमा क्रेनले तानिएकी भगवती न्यौपानेलाई ओलीले सामान्य प्रशासन मन्त्रीमा नियुक्ति गरेका थिए । न्यौपानेले मन्त्रालयलाई एमालेकरण गर्दै कर्मचारी प्रशासन महाशाखादेखि सबै महत्वपूर्ण शाखाहरुमा फिट गरेकी छन् । त्यो संयन्त्रले न्यौपाने मन्त्रीबाट हटिसकेपछि पनि उनले सिफारिस गरेका तीन जनालाई एलआईएसपी (लिस्प) नियुक्ति दिएको छ ।
जेनजीको प्रदर्शन सुरु भइसकेपछि उनीहरुले नियुक्ति पाएका छन् । ती तीनजनालाई मन्त्री पदमुक्त भइसकेपछि कर्मचारी प्रशासन शाखाबाट ब्याकडेटमा नियुक्तिपत्र दिइएको छानबिन गरे खुल्नेछ । सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थ, प्रवक्तासमेत रहेका सहसचिव कालीप्रसाद पराजुलीहरुले एमालेकी मन्त्री न्यौपानेको सिफारिस कार्यान्वयन गरेका छन् । सम्बन्धित शाखाले नियुक्तिको टिप्पणी उठाउन नमान्दानमान्दै नियुक्ति गरिएको छ ।
पछिल्लो बदलिदो परिस्थितिमा आन्तरिक शाखा प्रमुख महेन्द्र सापकोटाले लिस्प परियोजनामा नियुक्तिको टिप्पणी उठाउन नमान्दानमान्दै लिस्पमा नियुक्ति दिइएको छ । सचिव पन्थ र सहसचिव पराजुलीले दाम्लो नै चुँडाएर उनीहरुलाई नियुक्ति दिएका छन् । लिस्प परियोजनामा नियुक्तिको टिप्पणी उठाउन नमानेपछि उपसचिव सापकोटालाई सरुवा गरिएको छ ।
त्यसैगरी, न्यौपानेले सामान्य प्रशासन मन्त्रालयलाई एमालेकरण गर्दै कर्मचारी प्रशासन महाशाखा प्रमुखमा पार्वती शर्मालाई ल्याएकी छन् । कर्मचारी प्रशासन शाखाको प्रमुखमा लेखनाथ न्यौपाने (संघीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखा) र भीमकान्त पौडेल (स्थानीय तह कर्मचारी प्रशासन शाखा) लाई राखिएको छ । दुबै उपसचिव एमालेनिकट हुन् । उनीहरुकै हालीमुहाली सामान्यमा छ ।
मन्त्रालयमा कार्यरत एमालेनिकटलाई नचलाई सूचना अधिकारीसमेत रहेका उपसचिव भूपेन्द्र सापकोटा, खिलराज राई, जनक शर्मा, रेशमलाल कँडेलहरुलाई पनि पूर्वाग्रह राखेर स्थानीय तहमा सरुवा गरिएको छ । तर राजकुमार गुप्ता मन्त्री हुँदादेखि बिचौलिया प्रमोद खड्कासँग मिलेर सरुवामा आर्थिक लेनदेन गर्ने भीमकान्त पौडेललाई भने चलाइएको छैन । राजनीतिक पूर्वाग्रहका आधारमा माओवादी भन्दै छानीछानी ट्याग लगाउँदै ती उपसचिवहरुलाई अनाकर्षक ठाउँमा सरुवा गरिएको छ ।
काठामाडौं । सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरी हटाइएकाहरुलाई वालेन्द्र शाह सरकारले धमाधम नियुक्ति दिइरहेको छ । वालेन्द्र शाह प्रधानमन्त्री भएपछि...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend