काठमाडौं । जेन–जी समूहको आन्दोलनपछि सुशीला कार्की नेतृत्वको सरकार गठन भएको १२ दिन बितिसकेको छ । जेन–जी समूहको आन्दोलनले एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको कांग्रेस सम्मिलित सरकारले राजीनामा दिइसकेको अवस्थामा पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा एमालेकै हालीमुहाली चलिरहेको छ ।
भानु नगरपालिकाको मेयरमा पराजीत भएपछि पार्टीले तय गरेको मापदण्डबिपरीत राष्ट्रियसभा सदस्यमा क्रेनले तानिएकी भगवती न्यौपानेलाई ओलीले सामान्य प्रशासन मन्त्रीमा नियुक्ति गरेका थिए । न्यौपानेले मन्त्रालयलाई एमालेकरण गर्दै कर्मचारी प्रशासन महाशाखादेखि सबै महत्वपूर्ण शाखाहरुमा फिट गरेकी छन् । त्यो संयन्त्रले न्यौपाने मन्त्रीबाट हटिसकेपछि पनि उनले सिफारिस गरेका तीन जनालाई एलआईएसपी (लिस्प) नियुक्ति दिएको छ ।
जेनजीको प्रदर्शन सुरु भइसकेपछि उनीहरुले नियुक्ति पाएका छन् । ती तीनजनालाई मन्त्री पदमुक्त भइसकेपछि कर्मचारी प्रशासन शाखाबाट ब्याकडेटमा नियुक्तिपत्र दिइएको छानबिन गरे खुल्नेछ । सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थ, प्रवक्तासमेत रहेका सहसचिव कालीप्रसाद पराजुलीहरुले एमालेकी मन्त्री न्यौपानेको सिफारिस कार्यान्वयन गरेका छन् । सम्बन्धित शाखाले नियुक्तिको टिप्पणी उठाउन नमान्दानमान्दै नियुक्ति गरिएको छ ।
पछिल्लो बदलिदो परिस्थितिमा आन्तरिक शाखा प्रमुख महेन्द्र सापकोटाले लिस्प परियोजनामा नियुक्तिको टिप्पणी उठाउन नमान्दानमान्दै लिस्पमा नियुक्ति दिइएको छ । सचिव पन्थ र सहसचिव पराजुलीले दाम्लो नै चुँडाएर उनीहरुलाई नियुक्ति दिएका छन् । लिस्प परियोजनामा नियुक्तिको टिप्पणी उठाउन नमानेपछि उपसचिव सापकोटालाई सरुवा गरिएको छ ।
त्यसैगरी, न्यौपानेले सामान्य प्रशासन मन्त्रालयलाई एमालेकरण गर्दै कर्मचारी प्रशासन महाशाखा प्रमुखमा पार्वती शर्मालाई ल्याएकी छन् । कर्मचारी प्रशासन शाखाको प्रमुखमा लेखनाथ न्यौपाने (संघीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखा) र भीमकान्त पौडेल (स्थानीय तह कर्मचारी प्रशासन शाखा) लाई राखिएको छ । दुबै उपसचिव एमालेनिकट हुन् । उनीहरुकै हालीमुहाली सामान्यमा छ ।
मन्त्रालयमा कार्यरत एमालेनिकटलाई नचलाई सूचना अधिकारीसमेत रहेका उपसचिव भूपेन्द्र सापकोटा, खिलराज राई, जनक शर्मा, रेशमलाल कँडेलहरुलाई पनि पूर्वाग्रह राखेर स्थानीय तहमा सरुवा गरिएको छ । तर राजकुमार गुप्ता मन्त्री हुँदादेखि बिचौलिया प्रमोद खड्कासँग मिलेर सरुवामा आर्थिक लेनदेन गर्ने भीमकान्त पौडेललाई भने चलाइएको छैन । राजनीतिक पूर्वाग्रहका आधारमा माओवादी भन्दै छानीछानी ट्याग लगाउँदै ती उपसचिवहरुलाई अनाकर्षक ठाउँमा सरुवा गरिएको छ ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend