Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • करिब पाँच हजार जनामा डेङ्गी सङ्क्रमण   


    मंगलबार, असोज ७ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ ।  डेङ्गीको सङ्क्रमण पाँच हजारको नजिक पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले चार हजार आठ सय १४ जनामा सङ्क्रमण देखिएको बताउनुभयो ।

    उहाँका अनुसार डोल्पा, हुम्ला र मनाङ् जिल्लाबाहेक सबैजसो जिल्लामा सङ्क्रमण देखिएको छ । सङ्क्रमणबाट हालसम्म दुई जनाको निधन भइसकेको छ । डा दाहालले पानी पनि पर्न रोकिए र अब बिस्तारै जाडो सुरु हुन थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम कम हुने बताउनुभयो ।

    तथ्याङ्कअनुसार कोशी प्रदेशमा सात सय १४, मधेश प्रदेशमा ९५, बागमती प्रदेशमा एक हजार ६४, गण्डकी प्रदेशमा एक हजार २७३ जना, लुम्बिनी प्रदेशमा आठ सय ४३, कर्णाली प्रदेशमा दुई सय ७० र सुदूरपश्चिम प्रदेशमा पाँच सय ५५ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ ।(रासस)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार