काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा संगीता कौशल मिश्र सिफारिस भइसकेकी छन् । मिश्र स्वास्थ्य मन्त्रीमा सिफारिस भएपछि उनलाई मन्त्रालयकै एक समूह हात धोएर लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले आफ्नो समूहलाई नै परिचालन गरेर सामाजिक संजालदेखि मिडियासम्म मिश्रबिरुद्ध माहौल सिर्जना गरिरहेका छन् ।
मिश्रका बिगतका कामकारबाहीलाई उछालेर उनलाई मन्त्री बन्नबाट रोक्न देवकोटा निकै सक्रियताका साथ लागेका छन् । नेपालको इतिहासमै पहिलो पटक चिकित्सा क्षेत्रको मधेशी महिला स्वास्थ्य मन्त्रीमा नियुक्ति हुनु सो क्षेत्रका लागि गौरबको बिषय भए पनि उनलाई रोक्न मन्त्रालयका सचिव नै अग्रसर हुनुलाई इष्र्याका रुपमा लिइएको छ ।
मिश्र बरिष्ठ हुँदाहुँदै देवकोटालाई सचिवमा बढुवा गरिएको थियो । सो इगो मिश्रले साँध्लिन् भन्ने त्रासले उनलाई मन्त्री पदमा देख्न चाहँदैनन् । मिश्रका केही पूर्वसहकर्मीहरुले समेत देवकोटालाई साथ दिंदै उनलाई मन्त्रीमा रोक्न सक्रियतापूर्वक लागेका छन् ।
स्वास्थ्य मन्त्रीमा डा.संगीता मिश्रको नियुक्तिको चर्चापछि यतिबेला स्वास्थ्यकर्मी तथा आम जनतामा आसा पलाएको देखिन्छ ।
स्वच्छ छवि, निडर, हक्की र स्वास्थ्य सेवाको हरेक आयाम बुझेकी डा. मिश्रले बिराटनगर अस्पताल, प्रसूतिगृहको प्रमुख हुँदा उत्कृष्ट कार्यसम्पादन गरेकी थिइन् ।
स्वास्थ्य सेवा विभागको महानिर्देशक हँुदा उल्लेख्य सुधारका काम गरेकी डा. मिश्रले कोभिड–१९ महामारीको समयमा कोशी अस्पताल विराटनगरमा अग्रमोर्चामा रहेकी थिइन् । जहाँ उनले संक्रमितहरूको उपचारमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । उनलाई यौन तथा प्रजनन स्वास्थ्य(सेक्सुअल एण्ड रिप्रोडक्टिभ हेल्थ) को विशेषज्ञ समेत मानिन्छ ।
मिश्र मन्त्री भएपछि नेपालको स्वास्थ्य समयानुकूल परिवर्तन गरी आम जनतामा आशा पलाउने स्वास्थ्यका बिज्ञहरुको भनाइ छ ।
काठमाडौँ। सत्याग्रहमा बसिरहेका प्रा.डा. गोविन्द केसीमा माग सम्बोधन गर्न शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले छलफल थालेका छन्। शुक्रबार मन्त्री पोखरेलले डा.केसीको टोलीसँग अनौपचारिक रुपमा छलफल...
काठमाडौँ। पशु सेवा विभागले पन्छीमा देखिएको बर्डफ्लुको संक्रमण नियन्त्रणमा आएको दावी गरेको छ। काठमाडौँलगायत विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका...
काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने उद्देश्यले मन्त्रालयले संघ, प्रदेश र...
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा(एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले नतिजा...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्न सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताएकी छन् । राष्ट्रिय सभाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend