काठमाडौ । मीनबहादुर गुरुङले भाटभटेनीका भवनहरु आगजनीमा परी २१ अर्बको सम्पत्ति खरानी हुँदा पनि त्यहाँ काम गर्ने कर्मचारीहरुलाई जागिरबाट ननिकाल्ने घोषणा गरे । उल्टै तलबमात्र होइन, दशैंभत्तासमेत दिने घोषणा गरे । आफ्नो २१ अर्ब सम्पत्ति क्षणभरमा जलेर खरानी हुँदा पनि भाटभटेनीका संचालक मीनबहादुरले एक जना मजदुर पनि जागिरबाट हटाउन्नौं भनेर घोषणा गरे ।
तर असफोच, सडक डिभिजन काठमाडौंका डिभिजन प्रमुख पदमा केही दिनअघि मात्र हाजिर गर्न आएका सुवोध देवकोटाले निम्नतहका ३० जना ज्यालादारी कर्मचारीलाई दशैंको मुखमा जागिरबाट निकालेकोमा गर्व गर्दै हिंडेका छन् । सुबोधकै कारणले दशैंको बेला ३० जना ज्यालादारी मजदुर र उनको परिवार ठूलो विचल्लीमा परेको छ । जेन–जीको आन्दोलन भ्रष्टाचारबिरुद्ध थियो, निम्न आय भएका गरिब निमुखाको गाँस खोस्ने थिएन । तर निजामती सेवा ऐन नियमबिपरीत एकपछि अर्को आकर्षक कार्यालयमा बसी करोडौं भ्रष्टाचार गरेका देवकोटाले जेनजीको आन्दोलनको भावनामाथि कुठाराघात गरी गरिब निमुखाको रोजगारी खोसेर उनीहरुलाई भोकभोकै पार्ने काम गरेका छन् ।
सडक डिभिजन कार्यालय काठमाडौंमा नियम कानुनबिपरीत सरुवा भएका सुवोधले आफूले गरेको सबैभन्दा ठूलो काम ज्यालादारी कर्मचारीहरुलाई निकालेको भन्दै प्रचार गर्न लगाएका छन् । मजदुर निकालेकोमा गर्ब गदैै उनले आफ्नो यति प्रचार गरे कि, मजदुरलाई दिने तलबसमेत आफ्नै गुणगानमा खर्च गरेका छन् ।
देवकोटा नुवाकोट डिभिजनबाट काठमाडौं डिभिजनमा आउने वित्तिकै उनले १८ बर्षसम्म सडक डिभिजनमा निरन्तर काम गरेका मजुदरलाई जागिरबाट निकालेका छन् । ती मजदुर निम्नस्तरका थिए । सडक डिभिजनमा जागिर खाएबापत उनीहरुको परिवार पालिएको थियो । एउटा व्यक्तिको भरमा परिवारका ३/४ जना सदस्य निर्भर थिए । तर अत्यन्त सामन्ती स्वभाव भएका देवकोटालाई यो विषयले छोएन । उल्टै जागिरबाट निकालिएका मजदुरहरुलाई केही बोलेमा खतरा हुन्छ भन्दै धम्की दिएका छन् । खतरा भन्ने शब्दले मजदुरहरु दशैंको बेलामा के हुने हो भन्ने चिन्तामा छन् । त्यसैले उनीहरु केही बोल्न चाहन्नन् । उनीहरुलाई दशैंले छाएको छैन, के हुने हो भन्ने चिन्ताले सताएको छ ।
देवकोटाले ३० जना ज्यालादारी कर्मचारी निकाले, ‘यो मेरो ठूलो उपलब्धी हो’ भन्दै मन्त्रालयका सचिव केशव शर्मालाई भन्न भ्याइसकेका छन् । मन्त्रालयका एक कर्मचारी भन्छन्– सरकार भनेको अभिभावक पनि हो । सरकारमा देवकोटाको जति हिस्सा छ, त्यति नै अधिकार जागिरबाट निकालिएका मजदुरहरुको पनि छ । तर अफसोच, देवकोटा जहाँ जान्छन्, करोडौंको भ्रष्टाचार गर्छन् । अनियमितता र भ्रष्टाचार गरेबाापत उनलाई सँजाय हुँदैन । किनभने उनले जहाँतहीँ सेटिङ मिलाएका हुन्छन् ।
स्रोतका अनुसार जागिरबाट निकालेका करिब ३० जना मजदुरमध्ये केहीलाई फेरि भर्ना गर्छु भनी आश्वासन दिएका छन् । त्यसैले फेरि भर्ना हुने आशामा मजदुरहरु देवकाटाको विरुद्ध देखिनेगरी बोल्न चाहँदैनन् । यो देवकोटाको चलाखी हो– एक कर्मचारी भन्छन् । देवकोटा एकदमै विवादित कर्मचारी हुन् । मन्त्रालयका सचिव शर्मालाई आर्थिक प्रलोभनमा पारेर काठमाडौं डिभिजनमा आउन सफल भएका छन् ।
एक कर्मचारी भन्छन्–काठमाडौं सडक डिभिजनमा कार्यरत ज्यालादारी मजदुरहरुलाई तलब दिन पैसाको व्यवस्था छ । तर देवकोटा काठमाडौं डिभजिनका पुराना हाकिमसँग यति पूर्वाग्रही भए कि, निम्नस्तरका ज्यालादारी मजदुरलाई समेत जागिरबाट निकाले । ‘तलब खुवाउने पैसा नभएर जागिरबाट निकाले, सरकारको यति पैसा जोगाएँ’ भनेर प्रचार गर्दै हिंडेका छन । निम्नस्तरका मदजुरहरुलाई बिचल्लीमा पारेर उल्टै सरकारको यति पैसा जोगाएँ भनेर प्रचार गर्दै हिंड्नु एउटा अक्षम्य अपराध हो–अर्का एक कर्मचारी भन्छन् ।
सुबोध देवकोटा सडक बिभाग अन्तर्गत सधैं आकर्षक डिभिजन र आयोजनामा बसी अकूत कमाउनेमा पहिलो नम्बरमा नै पर्दछन् ।
देवकोटा ट्रेड युनियनको आडमा लगातार सडकका आयोजना प्रमुख भई लाभ लिनेमा देवकोटा नै हुन् । इन्जीनीयर हुँदै शहीदमार्ग आयोजना रोल्पाको कामु प्रमुख भए । जहाँ ठूलो बजेट राखिएको समय थियो । डीई भएपछि गल्छी–मैलुङ–स्याफ्रुबेसी आयोजनाको प्रमुख भए । त्यसपछि मदन भण्डारी राजमार्ग आयोजना दमकको प्रमुख, नुवाकोट डिभिजन प्रमुख भएका थिए । नुवाकोटबाट काठमाडौं आउन सफल भएका छन् । सचिव शर्माले ठूलो आर्थिक लाभ लिएर उनलाई काठमाडौं डिभिजनमा ल्याएको आरोप छ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend