काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको गलत छनोटका कारण मिडियाको नियामक निकाय प्रेस काउन्सिल नेपाल २ महिनादेखि नेतृत्वविहीन छ ।
सत्ता साझेदार एमाले र कांग्रेसबीच सुरुमा काउन्सिल एमालेकै भागमा राख्ने सहमति भएको थियो । तर, पछि मन्त्री गुरुङले काउन्सिल भन्दा गोरखापत्र संस्थानलाई प्राथमिकता दिएपछि काउन्सिलमा अन्योल भएको हो ।जबकि प्रधानमन्त्री केपी शर्मा ओली काउन्सिल अध्यक्षमा आफूनिकट विज्ञ नियुक्त गर्न चाहन्छन् । सोही अनुसार ओलीले मन्त्रीलाई निर्देशन दिए पनि गुरुङको चाहना भने बढी बजेट र जनशक्ति भएको गोरखापत्रतिर गएको बुझिएको छ ।
यही विषयमा कांग्रेसनिकट पत्रकारहरुको संस्था प्रेस युनियन आवद्ध केही पत्रकार नेताहरुले शुक्रबार र शनिवार लगातार कांग्रेस सभापति शेरबहादुर देउवा र निकट नेताहरुसँग भेटघाट गरे ।
युनियनका निवर्तमान अध्यक्ष बद्री सिग्देल, समिरजंग शाह, गंगाधर पराजुली, राधा खनाल र पत्रकार महासंघमा कांग्रेसबाट चुनिएका पदाधिकारीसहित भएको भेटमा देउवाले काउन्सिलमा प्रधानमन्त्रीको इच्छा छ,, ओलीलाई सोध्नुपर्छ भनी जवाफ फर्काएका थिए । युनियनका पदाधिकारीले सञ्चारमन्त्री गुरुङसँगको भेटमा भने एमालेलाई गोरखापत्र चाहिएको हो भन्दै अर्कै कुरा गरेपछि पत्रकार नेता अल्मलिएका थिए ।
सहभागी एक पत्रकारका अनुसार सञ्चार मन्त्री गुरुङले देशभरी नेटवर्क रहेको, प्रदेश संरचना रहेको र बजेट पनि अरब भन्दा बढी रहेको गोरखापत्रमा आफ्नो इच्छा जनाएका थिए । प्रेस काउन्सिल भने बजेट नभएको निकाय हो । कांग्रेसले पनि सुरुमा गोरखापत्रलाई नै प्राथमिकता दिएको थियो । तर सञ्चारमन्त्रीकै इच्छा संस्थानमा गएपछि अवस्था फेरबदल भएको हो ।
स्रोतका अनुसार सञ्चार मन्त्री गुरुङका पीए विक्रम न्यौपाने अहिले गोरखापत्रको अध्यक्षको खोजीमा व्यस्त छन् । गोरखापत्रको अध्यक्षमा मोलतोल समेत सुरु भएको स्रोतको दाबी छ । प्रायः सबैजसो समय निजी क्षेत्रको दूरसञ्चार प्रदायक संस्था एनसेलका विचौलिया वरिपरि रहने न्यौपानेले गोरखापत्रबाट पनि मनग्ये आम्दानी हुने जानकारी सञ्चार मन्त्रीलाई गराएका छन् ।
सञ्चार मन्त्री गुरुङले यो विषयमा आफ्नो पार्टी नेतृत्वलाई गुमराहमा राखेको, स्वयं कांग्रेसबाट सहभागी मन्त्रीहरुलाई छलछाम गरेको सूचना प्रेस चौतारी नेतृत्बबाट बालुवाटार पुगेको छ ।
यी सबै कारणले नियामक निकाय काउन्सिल अझै अस्थिर र पंगु बनाउने खेलमा सञ्चारमन्त्री स्वयं लागेको देखिन्छ । एकथरी कांग्रेस नेताहरु भने प्रभावकारी सञ्चार संस्था गोरखापत्रको नेतृत्व कुनै हालतमा छाड्न नहुने भन्दै दबाब बढाइरहेका छन् ।
सञ्चार मन्त्री गुरुङले सञ्चार अन्तर्गतका अन्य नियुक्तिमा समेत मनोमानी गरेका छन् । विषयको ज्ञान नभएपनि भतिजा, भाञ्जा, भाञ्जी वा आफूसँग नजिक भएकालाई उनले विज्ञापन बोर्ड, प्रेस काउन्सिल, टेलिभिजन, रेडियो जस्ता निकायमा राखिसकेका छन् । आफ्नो गृह जिल्ला लमजुङभित्रका भने फरक पार्टीकालाई पनि उनले प्राथमिकता दिँदै आएका छन् ।
दलीय संयन्त्रका नेताहरुलाई समेत उनले गुमराहमा राखी काउन्सिल र गोरखापत्रबीचको नियुक्तिमा दुई थरी कुरा गरेका हुन् । यही कारण काउन्सिल २ महिनादेखि अस्तव्यस्त बनेको छ ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend