Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • चितवनमा बस र इभी गाडी ठोक्किंदा ७ जनाको मृत्यु, २४ घाइते


    शनिबार, असार ७ २०८२
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । चितवनको राप्ती–४ मा भएको सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । शनिबार बिहान भएको दुर्घटनामा अन्य २४ जना घाइते भएका छन् । घाइतेहरुको उपचार भइरहेको प्रहरीले बताएको छ ।

    शनिबार बिहान करिब सवा १० बज पूर्व पश्चिम राजमार्गको खहरेपुलमा धनगढीबाट काँकडभिट्टातर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ गइरहेको बागमती प्रदेश ०३–००१ज २९९ नम्बरको इभी गाडी ठक्कर खाँदा ७ जनाको मृत्यु भएको हो ।

    उपचारकै क्रममा भरतपुर अस्पतालमा पाँचजना घाइतेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मकवानपुर हटिया–३ का ५५ वर्षीय सोमप्रसाद रुपाखेती, मकवानपुरकै हेटौंडा–५ बस्ने वर्ष ५३ की मैयाँकुमारी न्यौपाने पहाडी, रौतहट चन्द्रनिगाहपुर–६ की ३५ वर्षीया सीता चौधरी, इभी चालक हेटौंडा–१० बस्ने राजु थिङ र नामथर वतन नखुलेकी अर्की १८–१९ वर्षकी महिलाको भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    पुरानो मेडिकल कलेजमा दुईजना नामथर वतन नखुलेका ३०÷४० वर्षको पुरुष र ३०र३५ वर्षीय गर्भवती महिलाको मृत्यु भएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रबिन्द्र खनालका अनुसार अहिले मकवानपुर हेटौंडा–१३ का १६ वर्षीय सक्षम थापा ९मध्यम०, मकवानपुर हेटौंडा–१२ का वर्ष ३२ को सिंहबीर घलान ९मध्यम०, हेटौंडा–४ का ३१ वर्षीय विष्णु लम्साल ९मध्यम० र हेटौंडा ८ बस्ने वर्ष ३४ की गंगा घलान को एलाइभ अस्पताल भरतपुरमा उपचार भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार