बीरगञ्ज । प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रुधनप्रसाद सिंहले बीरगञ्जमा फैलिएको हैजाको महामारी रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारले आफ्ना सबै संयन्त्र र निकायलाई परिचालन गरिसकेको बताएका छन् ।
बीरगञ्जमा आइतबार बसेको जिल्ला स्वास्थ्य संकट व्यवस्थापना समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री सिंहले हैजा महामारी रोकथाम र नियन्त्रणका लागि प्रदेशको स्वास्थ्य निर्देशनालयका प्रमुख निर्देशक सरोज न्यौपानेको नेतृत्वमा विज्ञसहितको टोली परिचालन गरिसकेको जानकारी गराए ।
स्वास्थ्य महाशाखाको आपूर्ति प्रमुख डा. विपनकुमार झा र जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुर नेतृत्वको छुट्टै टोली पनि बीरगञ्जमा परिचालन गरिसकिएको उनले बताए ।
मन्त्री सिंहले भने–‘वीरगन्जमा देखिएको यो महामारीप्रति प्रदेश सरकार गम्भीर छ । सबै निकायलाई अलर्ट अवस्थामा राखेका छौं । बिरामीको उपचारमा कुनै पनि कमी वा लापरबाही हुन दिंदैनौं । यसका लागि औषधि, उपकरण र जनशक्ति जे जे चाहिन्छ मधेस सरकार दिन तयार छ । पछि हट्दैन ।’
उक्त बैठकमै प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. ओमप्रसाद अर्यालले नारायणी अस्पतालमा प्रदेशको स्वास्थ्य मन्त्रालयका तर्फबाट केही मात्रामा औषधि उपलब्ध गराइसकेको जानकारी गराए । नारायणी अस्पतालमा आइतबारदेखि प्रदेश सरकारले १० जना मेडिकल अधिकृत चिकित्सक, १० जना पारामेडिकल स्टाफ र केही स्टार्फ नर्स पठाइसकेको उनले बताए ।
प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले महामारीको रोकथाम र नियन्त्रणसँगै बिरामीको उपचारका लागि आवश्यकता अनुसार थप औषधि र जनशक्ति उपलब्ध गराउँदै जाने पनि उनले बताएका छन् ।
काठमाडौं। बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खोप तथा आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन तीव्र बनाएको छ। मन्त्रालयले मंगलबार नुवाकोटका...
काठमाडौँ। बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत...
काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट प्रभावित तथा क्षतिग्रस्त क्षेत्रको स्वास्थ्य सेवाको अवस्था, स्थानीय नागरिकका स्वास्थ्य आवश्यकता तथा सम्भावित स्वास्थ्य जोखिमको स्थलगत अवलोकन गर्न स्वास्थ्य...
काठमाडौं । विपदबाट प्रभावित नागरिकको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भदौ १० गतेदेखि नै प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा, औषधि,...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा अत्यावश्यक स्वास्थ्य सामग्री अभाव हुन नदिन अहोरात्र लागिरहेकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend