फोटो साभार : लेखक पराजुलीको फेसबुक
रेशम पराजुली
म पूर्व प्रहरी अधिकृत भएको नाताले हाल निजी जीवन बिताइरहँदा समाजका बिभिन्न तह र तप्काका व्यक्ति संस्थाका मानिस खासगरी युवापुस्ताका विद्यार्थीसँग हेलमेल गर्दा गुनासो गरेका र थाहा पाएका कुराहरुको आधारमा म बहालवाला अधिकृतहरुमा एउटा सानो अनुरोध तथा आग्रह गर्न चाहन्छु, यसलाई अन्तर्मनबाटै स्वीकार गर्नुहुनेछ भन्ने पूर्ण आशासमेत लिएको छु ।
फेसबुक, टिकटक इन्स्ट्राग्रामसमेतका सामाजिक सञ्जालहरुमा समाजका खासगरी गलत काम गर्ने, हप्ता असुली गर्ने, शहरका विभिन्न स्थानमा होटल–रेष्टुरेन्ट गलत तरिकाले चलाउने, ठेकदार, पेटी ठेकदार, ठगदार, मिटरव्याजमा लगानी गर्ने, भित्रीरुपमा गुण्डागर्दीको सञ्जाल चलाउने प्रवृत्तिका मानिसहरुले प्रहरीका खासगरी उच्च अधिकृतसँग विभिन्न नाता सम्बन्ध जोड्ने गरेको देखिन्छ ।
सेवाग्राहीको आवरणमा कार्यालयलगायतका सार्वजनिक स्थान तथा विभिन्न कार्यक्रममा भेट गर्ने र सके फूलीसहितको युनिफर्ममा नभए सादा पोशाकमा फोटो खिच्ने अनि जन्मदिन तथा बैबाहिक बर्षगाँठको अवसर पारेर वा त्यसै पनि उक्त फोटो फेसबुक लगायतका सार्वजनिक सञ्जालमा पोष्ट गर्ने र आफ्ना गलत कामलाई प्रहरी प्रशासनका उच्च अधिकारीको साथ, सहयोग छ भनेर दुनियाँलाई तर्साउँदै आफ्ना गलत कामलाई मलजल गरिरहेका छन् ।
यो कुरा प्रहरीका उच्च अधिकारीले ख्याल गर्नैपर्ने देखिएको छ । त्यस्ता व्यक्तिको समाजमा दुई पैसाको हैसियत र स्तर हुँदैन । तपाईंहरुको बर्दी र फूली र ओहोदाको सिंढी(भ¥याङ) चढी गलत कामको उचाइमा पुगेको हुन्छ । कहीँ पैसा तिर्नुपर्ने वा फिर्ता गर्नुपर्ने हुन्छ । हो, त्यतिबेला यही एसपी, डीआईजी, एआईजी, आईजीपी दाइले सापट लगेका छन्, बड्डाले दिएको छैन, दिएपछि दिउँला भन्छ र फोटो देखाउँदै तर्साउँछ ।
एक पैसाको हैसियत नभएकाले दाइ भन्छ र दाइ शब्द, फोटो र हैसियतको धाकले समाजलाई तर्साउँछ । यस्ता प्रबृत्तिका ब्यक्तिले तपाईंमाथि घृणा त जगाउँछन् नै प्रहरीको निलो बर्दीलाई समेत कलंकित पार्दछन् र पारिरहेका छन् । तपाईंहरुलाई यो कुरा तीतो लाग्ला तर सत्य सत्य नै हो । प्रहरीमा ९९ प्रतिशत अधिकृत राम्रा छन् । योग्य र व्यवसायिक छन् । १ प्रतिशतलाई यसरी चङ्गुलमा फसाएर सबैलाई दाग लगाउन सक्दछन् । त्यो आफैंले मनमनै म म भनेर बुझ्नुहोला र सतर्क हुनुहोला ।
यस्ता प्रबृत्तिका ब्यक्तिले कतिसम्म गर्छन् भने जन्मदिन सकिएको एक हप्तापछिसम्म तारे होटलमा बोलाएर केक काटेर जन्मदिन मनाइदिन्छन् । र, सामाजिक सञ्जालमा भाइरल बनाइदिन्छन् । दरबारमार्ग, ठमेल र न्यूरोडका नाइक, एडिडास, पुमा आदिका ब्रान्डेड जुत्ता र टिसर्टसमेत सस्तोमा धम्काएर उठाई उपहारको रुपमा पुर्याउन सक्छन् । मनमनै भन्छन्–यो त लगानी हो बाबु १ हेर्दै जा न खेल कस्तो खेल्छु भन्दै आफ्नै मनलाई ढाडस दिन्छन् ।
अव अवकाश हुन लाग्यो वा सरुवा भएर टाढा जान थालेमा अव बड्डाको काम छैन भनेर अर्को अधिकृतलाई चङ्गुलमा फसाउँछन् । कहिलेतिर सरुवा हुन्छ, त्यही दलेलाई थाहा हुन्छ र भन्छ बुझिस मेरो काम गर्न मानेन फलानााई सरुवा गर्दिन्छु भन्दै हिंड्छ । जव नियमित सरुवा हुन्छ अनि भन्छ, देखेऊ केटा हो सरुवा गरेर डाँडो कटाइदिएँ । मेरो कुरा मानेर गल्ती गरें भाइ भन्यो भने अर्काे सरुवामा गृहमन्त्री दाइ, शेरबहादुर दाइ, भाउजू, बालाई भनेर ठाउँमा ल्याइदिनुपर्ला भनेर केटाहरू भन्दै ह्वीस्कीको च्वीस्कीको आनन्द लिन्छ ।
होटलको बिल त के कुरा उल्टै हप्ता उठाएर, गोजी फूलाएर, शरीरभन्दा पहिला भुँडी ढोका बाहिर पठाएर आफू विस्तारै टक्सन गाडी पुरानो भयो, बीवाईडी गाडीतिर लम्किन्छ ।
अझ यो कुरा बढुवामा इन्स्पेक्टर, डीएसपी भएकालाई भन्दा सोझै इन्स्पेक्टर भएकालाई बढी टार्गेट गर्छ । उसलाई थाहा छ बढुवा भएको रिटायर्ड भइहाल्छ । खुलामा आएको प्रहरी अधिकृत प्रमोशन भएर माथि पुग्दछ, लामो समय दबदबा राख्न पाइन्छ भनेर । इन्स्पेक्टर बढुवा भएर माथि पुग्दा ऊ पनि बढुवा भएको जस्तो धाक बढाउँछ । अव मेरो फलानो…बहादुर फलानो प्रसाद दाइ आइजीपी हुँदैछ, अब भन है केटा हो के काम गर्नुपर्छ भनेर होटलमा जाँड धोकेर गफ लगाउँछ र सोझै फोन गर्छ र दाइ के छ ? सञ्चै हुनुहोला नि ।
भाउजूलाई मेरो दर्शन सुनाइदिनुहोला भन्छ । उता तपाईंहरुले फोन राखे पनि यता बोल्दैछ भन्ने बनाएर ल दाइ अस्तिको जस्तो याक एण्ड यतिमा जम्नुपर्छ भाइ छँदाछँदै दाइलाई के चिन्ता भन्छ । अनि अस्तिको रोलेक्स घडी भाउजूलाई मन त पर्यो नि !!
अनि फोन राखेको १० मिनेटपछि ल फोन राखें दाइ, गुडनाइट भन्छ । अनि साथीसँग भन्छ बुढोलाई मालामाल बनाइदिए मेरो लागि ज्यान दिन्छ बड्डाले भन्छ । अनि त्यो मनोहरा–सतुङ्गलको प्लानिङ छ नि, त्यसमा ५० प्रतिशत शेयर नै उसैको हो भन्छ । ठमेलको फलानो होटलको ३० प्रतिशत शेयर उसैको हो भन्छ । खासमा केही नहुन सक्छ, सामान्य चिनजान मात्र हुनसक्छ ।
एउटा जावो फोटो खिच्दैमा के हुन्छ भनिएला । यतिसम्म गर्छन्, गरेका छन् कि तपाईंले दसकौं लगाएर बनाएको इज्जत भित्रभित्रै धमिरा लगाएर खोक्रो बनाइदिएका हुन्छन् । तपाईं आमजनताको माझ गन्हाइरहनु भएको हुन्छ । त्यो कुरा तपाईंलाई कुनै सुइँको पनि नहुन सक्दछ ।
भाइ जस्तै हो मलाइ इज्जत गर्छ, मान्छ भनेर विश्वस्त हुनुहुन्छ, जतिबेला वास्तविकता खुल्छ त्यतिबेला धेरै क्षति भइसकेको हुन्छ । यदि को कसको फोटो त्यसरी दुरुपयोग गरेका छन्, कसको नाम बेचेर बदनाम गरेका छन्, यदि शंका लागेका अधिकृतले फोन सम्पर्क गरेर बुझ्न चाहेमा म प्रमाणसहित टक्र्याउन सक्छु ।
माफ गर्नुहोला मैले विगतमा यसरी मौलाएको दाइ संस्कृतिको विरुद्धमा सम्बन्धित उच्च अधिकारीलाई व्यक्तिगतरुपमा भेटेर पनि जानकारी नदिएको होइन तर कुनै चासो नदेखाएकाले सामाजिक सञ्जालकै सहारा लिन बाध्य भएको छु । जव तपाईंको अवकाशको मिति नजिकिंदै जान्छ नि त्यस्ता प्रबृत्तिका ब्यक्तिहरु बिस्तारै तपाईंबाट टाढा हुँदै जान्छन् र रिटायर हुनु अघिल्लै दिन फलानो त लाष्टै झल्लो थियो भन्ने उपनाम दिंदै अर्कोलाई झल्लो बनाउने उपक्रममा लाग्दछ ।
मैले थाहा पाएसम्मको कुरा समेटेर मेरो धर्म पूरा गरेँ । अव सतर्क हुने नहुने तपाईंको कुरा ! जयनेपाल !!
(लेखक पूर्व प्रहरी नायब उपरीक्षक हुनुहुन्छ )
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
शसांक रेग्मी बाढीपहिरो पीडितको उद्धार र राहतका लागि नेपाल प्रहरीले आफ्ना कर्मचारीको तलबबाट करिब ४० करोड रुपैयाँ काटेर गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग...
माधव पौडेल काठमाडौं । बाढी आएको आज ७ दिन भइसक्दा पनि बिदुरबाट माथि जान नसकेको सरकारका प्रधानमन्त्री दिनैपिच्छे फेसबुकमा स्टाटस पोष्ट गर्ने र मोनिटाइज्ड पेजबाट...
निशान्त शर्मा वर्तमान सरकारको सबैभन्दा राम्रो काम गर्ने मन्त्री हुनुहुन्छ तपाईं । बधाइ शुभकामना । बाहिर तपाईंहरुले गरेका कामले वाहीवाही पाएर भाइरल हुनुभएको छ तर...
सम्राट उपाध्याय सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहलाई यी काम नलाग्ने सल्लाह चाहिएको छैन, उनी सल्लाह सुन्ने र लिने खालका पनि होइनन् । तर पद सम्हालेको शुरुको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend