Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • नेपालगञ्जमा प्रहरीले चलायो गोली, ४ जना पक्राउ


    शुक्रबार, साउन ३० २०८२
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका- ४ मा प्रहरीले गोली हानेर ४ जनालाई नियन्त्रणमा लिएको छ ।

    पक्राउ पर्नेहरूमा नेपागञ्ज उपमहानगरपालिका(५ का २२ वर्षीय अमन साह, सोही ठाउँ बस्ने २६ वर्षीय भाइजन अन्सारी, भारतको बहराइज रुपैडिया थानाका २० वर्षीय अजयकुमार र २० वर्षीय कार्त्तिककुमार रहेका छन् । उनीहरु लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न रहेको बताइएको छ ।

    लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जको टोलीले शंका लागेर खानतलासी गर्ने क्रममा प्रहरीमाथि नै इँटा प्रहार गरेपछि गोली हानेर उनीहरूलाई नियन्त्रणमा लिएको हो । इँटा प्रहारबाट एकजना प्रहरी घाइते भएका छन् ।

    प्रहरीले चलाएको गोली लागेर कार्त्तिककुमार घाइते भएका छन् । उनको दायाँ खुट्टाम गोली लागेको छ । उनलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

    उनीहरूको साथबाट प्रहरीले २६५ ग्राम खैरो हेरोइन बरामद गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार