Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ठमेलबाट ११५ केजी बुद्धचित्तको दाना र साढे १२ लाखसहित २ जना पक्राउ


    बिहिबार, साउन २९ २०८२
    920
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको ठमेलस्थित एक होटलबाट ११५.६५ केजी वुद्धचित्तको दानासहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ठमेलको जिङझिङ अन्तर्राष्ट्रिय होटलबाट ४६ वर्षीय लिउ जिङताव र २३ वर्षीय लिउ छिआओसुवालाई पक्राउ गरेको हो ।

    उनीहरुको साथबाट स्रोत नखुलेको १२ लाख ७० हजार रुपैयाँ समेत बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपीलराज बोहराले जानकारी दिए ।

    बुद्धचित्तको अवैध कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा नेपाली रुपैयाँ १२ लाख ७० हजार, १५५.६५ केजी बुद्धचित्त, ३ वटा मोबाइल फोन, र २ थान पासपोर्टसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार