Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • पशुपति आर्यघाटमा शवबाट हड्डी निकालेको घटनामा थप २ जना पक्राउ


    बिहिबार, साउन २९ २०८२
    945
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पशुपति आर्यघाटमा जलाउन लागिएको शवबाट हड्डी र मासु निकालेर किनबेच गरिएको घटनामा दुई जना पक्राउ परेका छन् ।

    प्रहरीले सर्लाहीको लालबन्दी नगरपालिका–२ स्थायी घर भई हाल काठमाडौंको कपन बस्ने ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरी बलानबिहुल गाउँपालिका–६ स्थायी घर भई हाल गौरीघाट बस्ने ४१ वर्षीय मिश्रीलाल यादवलाई पक्राउ गरेको हो ।

    पक्राउ परेका ठाकुरको साथबाट प्लास्टिकमा पोको पारिराखेको अवस्थामा हड्डीको धुलो र खरानी जस्तो देखिने वस्तु बरामद भएको प्रहरीले जनाएको छ ।

    यसअघि गौशाला प्रहरीले शवबाट हड्डी र मासु निकालेर बेचेको आरोपमा गणेशप्रसाद ढकाल भन्ने जीवनाथ ढकाल र विनायक मैनालीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो । उनीहरूले २३ साउनको दिउँसो चितामा जल्दै गरेको शवबाट हड्डी र मासुसहितको खरानी निकालेर बेचेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार