Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनसरीको झुम्का कारागारबाट एक जना कैदी भागे


    बुधबार, साउन २८ २०८२
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर । सुनसरीको झुम्का कारागारबाट एक जना कैदी भागेका छन् ।

    जबरजस्ती करणी (बलात्कार) मुद्दाका कैदी खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-२ घर भएका २८ वर्षीय रुपक पौडेल खत्री मंगलबार राति कारागारबाट भागेका हुन् ।

    जेलर सुवासकुमार लामिछानेका अनुसार खत्रीलाई कारागारको ‘बी’ ब्लकमा राखिएको थियो । .कारागारको पर्खाल नाघेर उनी फरार भएका हुन् ।

    सामूहिक बलात्कारको घटनामा संलग्न खत्रीलाई जिल्ला अदालत सुनसरीले २०८१ चैत २५ गते १३ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । उनी २०८१ साउन २१ गतेदेखि कारागारमा थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार