Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बन्धक बनाएर मिर्गौला निकालिएको घटनामा १ जना पक्राउ


    बिहिबार, साउन २२ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सिन्धुलीका युवकलाई बन्धक बनाएर मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ परेका छन् ।

    दुधौली नगरपालिका–१ स्थायी घर भएका खिलबहादुर भुजेलको मिर्गौला निकालिएको पाइएपछि प्रहरीले काठमाडौंबाट नुवाकोटका समिर परियारलाई पक्राउ गरेको हो ।

    उनलाई काठमाडौंबाट पक्राउ गरिएको मानव बेचबिखन तथा अनुसन्धान व्युरोका प्रमुख कृष्ण पंगेनीले बताए । उनका अनुसार परियारमाथि अनुसन्धान भइरहेको छ ।

    पोखराबाट कामको प्रलोभनमा भारतमा पु¥याई आफुलाई बन्धक बनाएर गिरोहले मिर्गौला झिकेको भुजेलले बताएका छन् । यद्यपी उनको मृगौला नेपालमै भिकियो वा भारत पुर्याएर झिकियो भन्ने खुलेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार