Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ललितपुरमा घाँटी थिचेर श्रीमतीको हत्या, श्रीमान पक्राउ


    आइतबार, साउन १८ २०८२
    785
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । ललितपुरका एक पुरुषले श्रीमतीको हत्या गरेका छन्। हत्या आरोपीलाई प्रहरीले पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको छ।

    काठमाडौँको चन्द्रागिरि नगरपालिका-८ थानकोट घर भई हाल ललितपुरको गोदावरी नगरपालिका- १४ ठैब बस्दै आएका ४६ वर्षीय निरोज कुमार खड्गीले श्रीमती ४६ वर्षीया सुस्मिता खड्गीको हत्या गरेका हुन्।

    आइतबार बिहान उनीहरू बस्दै आएको टहरोमा सुस्मिताको शव फेला परेको प्रहरी परिसर ललितपुरले जनाएको छ। निरोजले घाँटी थिचेर पत्नीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

    सुस्मिताको शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ। घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। घरायसी विवादका क्रममा घटना भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार