काठमाडौं । ललितपुरका एक पुरुषले श्रीमतीको हत्या गरेका छन्। हत्या आरोपीलाई प्रहरीले पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको छ।
काठमाडौँको चन्द्रागिरि नगरपालिका-८ थानकोट घर भई हाल ललितपुरको गोदावरी नगरपालिका- १४ ठैब बस्दै आएका ४६ वर्षीय निरोज कुमार खड्गीले श्रीमती ४६ वर्षीया सुस्मिता खड्गीको हत्या गरेका हुन्।
आइतबार बिहान उनीहरू बस्दै आएको टहरोमा सुस्मिताको शव फेला परेको प्रहरी परिसर ललितपुरले जनाएको छ। निरोजले घाँटी थिचेर पत्नीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
सुस्मिताको शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ। घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। घरायसी विवादका क्रममा घटना भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
सुर्खेत। सुर्खेतको गुर्भाकोट नगरपालिका–८ सुन्दरनगरमा चिर्पट प्रहारबाट घाइते भएका ६२ वर्षीय मानबहादुर राजीको मृत्यु भएको छ। प्रहरीका अनुसार मंगलबार स्थानीय ४० वर्षीय टेकबहादुर विकले अजय...
काठमाडौँ। सम्भावित भारी वर्षा तथा त्यसबाट हुन सक्ने बाढी,पहिरो र डुबानलगायतका विपद्को जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रही पूर्वतयारी तथा प्रतिकार्यका काम...
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend