Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मुलुकलाई लागुऔषधमुक्त बनाउने गरी काम गर्न गृहमन्त्रीको निर्देशन


    शुक्रबार, साउन १६ २०८२
    895
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मुलुकलाई लागुऔषध मुक्त बनाउने गरी प्रभावकारी ढंगले काम गर्न जरुरी रहेको बताएका छन् ।

    शुक्रबार काठमाडौँको कोटेश्वरस्थित लागुऔषध नियन्त्रण ब्युरोको कार्यालय निरीक्षणका क्रममा गृहमन्त्री लेखकले लागुऔषधको उत्पादन, भण्डार र प्रयोग ठूलो चुनौतीका रूपमा देखिएको बताए।

    ‘लागुऔषधको प्रयोगले सडक दुर्घटना,आत्महत्या र साइबर क्राइमका अपराधलाई पनि उत्पत्ति गर्छ । त्यसैले हामीले एक वर्षमा लागुऔषधविरुद्धको महाअभियान लागु गरेका थियौँ , ’उनले भने अभियान सार्थक भएको छ ।

    विगतका वर्षमा भन्दा पछिल्लो एक वर्षमा लागुऔषध नियन्त्रणमा प्रगति भएको गृहमन्त्री लेखकले बताए । आगामी दिनमा थप प्रभावकारी ढंगले यो चुनौतीको सामना गर्नुछ । स्रोत साधनको कमी भए पनि चाहँदा धेरै काम गर्न सकिन्छ । त्यो यो एक वर्षमा देखिएको छ, ‘उनले भने। लागुऔषधको बिगबिगी देखिएको भन्दै यसविरुद्धको अभियानमा सबैको सहयोग आवश्यक रहेको उनको भनाइ छ ।

    खास गरेर युवाहरूमा यसको लत देखिएको छ । देशको भविष्य जोडिएको युवा शक्ति लागु औषधमा फसेको देखिएको छ, ’उनले भने ‘लागुऔषधविरुद्धको महाअभियानले परिणाम ल्याएको छ । लागुऔषधको अपराधमा संलग्नलाई कारबाही गरेर मात्र पुग्दैन । लागुऔषधविरुद्ध अभियान चलाउन आवश्यक छ । यो प्रहरीको मात्र होइन । सबै मानिसको जिम्मेवारी हो ।’

    यस्तै गृहमन्त्री लेखकले लागुऔषध ब्युरोलाई विभागकै रूपमा विकास गर्ने प्रतिबद्धता जनाए । लागुऔषध ब्युरोलाई विभागका रूपमा विकास गर्ने मैले प्रतिबद्धता जनाएको छु । मन्त्रालयबाट हुने सहयोग हुन्छ, ’उनले भने।

    गृहमन्त्रीले लागुऔषध ब्युरोलाई विभागका रूपमा विकास गर्नका लागि तयारी अगाडि बढाउन प्रहरी महानिरीक्षक दिपक थापालाई निर्देशन दिए । कार्यक्रममा महानिरीक्षक थापाले लागुऔषध ब्युरोलाई विभागका रूपमा विकास गर्ने गृहमन्त्रीको प्रस्ताव सराहनीय रहेको बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार