काठमाडौं । ठमेलको नगरकोट दोहोरी साँझमा झगडा गरेको आरोपमा पक्राउ परेका तीन जनाविरुद्ध म्याद थप भएको छ ।
पक्राउ परेका ‘गुन्डा नाइके’ सानुभाइ भनिने युवराज गुरुङसहित तीन जनाविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट चार दिनको म्याद थप भएको हो । बुधबार राति पक्राउ परेका गुरुङसहित तीन जनाविरुद्ध अभद्र व्यवहारको कसुरमा म्याद थप भएको हो ।
उक्त दोहोरी साँझमा दुई पक्षबीच विवाद भएको थियो । सानुभाइको समूहले अर्को समूहसँग विवाद गरेपछि सञ्चालकले प्रहरीलाई खबर गरेको थियो । त्यसपछि सानुभाइ र अर्को पक्षका दुई जना गरी तीन जनालाई प्रहरी वृत्त सोह्रखुट्टेले पक्राउ गरेको थियो ।
अहिले पक्राउ परेका सानुभाइ यसअघि पटक(पटक पक्राउ पर्दै आएका व्यक्ति हुन् । नुवाकोट घर भएका उनी ठमेल र गोंगबु क्षेत्रलाई आधार बनाएर गुन्डागर्दी गर्दै आएको प्रहरीले बताएको छ ।
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
सुर्खेत। सुर्खेतको गुर्भाकोट नगरपालिका–८ सुन्दरनगरमा चिर्पट प्रहारबाट घाइते भएका ६२ वर्षीय मानबहादुर राजीको मृत्यु भएको छ। प्रहरीका अनुसार मंगलबार स्थानीय ४० वर्षीय टेकबहादुर विकले अजय...
काठमाडौँ। सम्भावित भारी वर्षा तथा त्यसबाट हुन सक्ने बाढी,पहिरो र डुबानलगायतका विपद्को जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रही पूर्वतयारी तथा प्रतिकार्यका काम...
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend