Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ‘गुन्डा नाइके’ युवराज गुरुङसहित ३ जनाविरुद्ध ४ दिन म्याद थप


    बिहिबार, साउन १५ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । ठमेलको नगरकोट दोहोरी साँझमा झगडा गरेको आरोपमा पक्राउ परेका तीन जनाविरुद्ध म्याद थप भएको छ ।

    पक्राउ परेका ‘गुन्डा नाइके’ सानुभाइ भनिने युवराज गुरुङसहित तीन जनाविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट चार दिनको म्याद थप भएको हो । बुधबार राति पक्राउ परेका गुरुङसहित तीन जनाविरुद्ध अभद्र व्यवहारको कसुरमा म्याद थप भएको हो ।

    उक्त दोहोरी साँझमा दुई पक्षबीच विवाद भएको थियो । सानुभाइको समूहले अर्को समूहसँग विवाद गरेपछि सञ्चालकले प्रहरीलाई खबर गरेको थियो । त्यसपछि सानुभाइ र अर्को पक्षका दुई जना गरी तीन जनालाई प्रहरी वृत्त सोह्रखुट्टेले पक्राउ गरेको थियो ।

    अहिले पक्राउ परेका सानुभाइ यसअघि पटक(पटक पक्राउ पर्दै आएका व्यक्ति हुन् । नुवाकोट घर भएका उनी ठमेल र गोंगबु क्षेत्रलाई आधार बनाएर गुन्डागर्दी गर्दै आएको प्रहरीले बताएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार