भैरहवा । नेपाल भन्सार एजेन्ट संघ सिद्धार्थनगरको आयोजनामा ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। भैरहवा भन्सार कार्यालयको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा भन्सार क्षेत्र र सीमाक्षेत्रमा ट्राफिक व्यवस्थापनका समस्या तथा समाधानमाथि विस्तृत छलफल गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले भन्सार क्षेत्रमा अनावश्यक भिडभाड नियन्त्रण गर्न सरोकारवाला निकायहरूबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।
कार्यक्रमका प्रशिक्षक तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक रन्जु के.सी.ले भन्सार विन्दुबाटै ट्राफिक नियमको कडाइका साथ पालना हुनुपर्ने बताए। उनले सीमाक्षेत्रमा संचालन भइरहेका भारतीय ट्याक्सीहरूको व्यवस्थापन तथा अव्यवस्थित पार्किङ सुधारका लागि ट्राफिक प्रहरीले आवश्यक कदम चालिरहेको जानकारी गराए।
कार्यक्रममा भन्सार एजेन्ट संघले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनमा सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।
कार्यक्रममा ट्राफिक प्रहरी, भैरहवा भन्सार कार्यालयका कर्मचारी, सञ्चारकर्मी, सशस्त्र प्रहरी, ट्याक्सी व्यवसायी संघ, बेलहिया गाउँ समाज, रेडक्रस सोसाइटी बेलहिया शाखा, लुम्बिनी खुकुरी क्लब, नेपाल भारत मैत्री संघ, बेलहिया माध्यमिक विद्यालय, सोटो नेपाल, गृहलक्ष्मी समूह, आमा समूहहरू, आफन्त नेपाल, ज्ञानपथ आमा समूह, भूपू सैनिक संघलगायत दर्जनौँ संघसंस्थाका प्रतिनिधिको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमले सीमावर्ती क्षेत्रको ट्राफिक चुनौती समाधानमा सबै पक्षको साझा प्रयास आवश्यक रहेको सन्देश दिएको छ।

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend