Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • मधेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा हुने पहिलो प्रदेश


    बुधबार, असार २५ २०८२
    995
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • जनकपुरधाम । पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा हुने पहिलो प्रदेश बनेको छ मधेश । मंगलबार जनकपुरधाममा आयोजित एक कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चतता तथा दिगोपना घोषणा भएको प्रमाणपत्र स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रुधन प्रसाद सिंह र प्रदेश खोप समन्वय समितिका अध्यक्ष समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रमोदकुमार यादवलाई प्रदान गरिएको छ ।

    परिवार कल्याण महाशाखाका डा अभियान गौतमले मधेश प्रदेश पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा भएको प्रमाणपत्र प्रदान गरेका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्री सिंहले घोषणा सभामा बोल्दै देशमै मधेशलाई पहिलो प्रदेश बनाउन सहयोग गरेका स्वास्थ्यकर्मीहरुप्रति धन्यवाद व्यक्त गरे ।

    स्वास्थ्यकर्मीहरु घरघरमा पुगेर खोप लगाउनका लागि प्रेरित गर्नुका साथै ताकेता गरेको परिणाम स्वरुप मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको मन्त्री सिंहले थपे ।

    खोपले नै समाज निरोग हुने भएकाले यो कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा मन्त्री सिंहले जोड दिए । तोकेको समयमा बालबालिकालाई खोप लगाएर निरोग समाज निर्माणमा सहयोग पुर्याउन उनले सबैमा आग्रह पनि गरे ।

    सो अवसरमा मधेश प्रदेशका मुख्य सचिव मदन भुजेलले स्वास्थ्यकर्मीहरुको मिहिनेत, समन्वय र सहकार्यले आज मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा हुन सफल भएको बताए । अव यसलाई दिगोपना दिनुपर्नेमा सबैको सहयोग आवश्यक छ, उनले भने–दिगोपना दिन सकेनौं भने घोषणको कुनै अर्थ हुँदैन । त्यसैले यसको दिगोपनामा जोड दिनुपर्छ ।

    सो अवसरमा परिवार कल्याण महाशाखाका डा। गौतमले मधेश देशमै पहिलो हुन सफल भएकोमा सबैमा बधाई ज्ञापन गर्दै आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिए । उनले खोप यसै वर्षका लागि होइन, आगामी दिनमा पनि संचालन गर्नुपर्ने भएकाले निरन्तरता जरुरी छ ।

    जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले खोप सोझै स्वास्थ्यसित जोडिएकाले यसलाई प्रभावकारी रुपले अगाडि बढाउनुपर्नेमा जोड दिए । घोषणा भइसकेपछि स्वास्थ्यकर्मीहरु थप जिम्मेवार भएर खोप अभियान संचालन गर्नुपर्ने धारणा उनको थियो ।

    घोषणा सभामा स्वास्थ्य निर्देशनालयका निर्देशक सरोजचन्द्र न्यौपानेले मधेशमा खोप कार्यक्रम सफल बनाउन स्वास्थ्यकर्मीहरुको भूमिका महत्वपूर्ण रहेको बताए । स्वास्थ्यकर्मीहरुको योगदानले मधेश आज देशमै पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रदेश घोषणा हुन सफल भएकोमा सबैमा उनले धन्यवाद व्यक्त गरे ।

    प्रदेश खोप समन्वय समिति, मधेश प्रदेशले आयोजना गरेको घोषणा सभामा प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक डा. जामुन सिंह, प्रदेश खोप समन्वय समिति सदस्य डा. गरिबदास ठाकुर लगायतले मन्तव्य राखेका थिए ।

    १५ महिनासम्मका १ लाख १५ हजार एक सय ३९ बालबालिका र १६ देखि २३ महिनासम्मका एक लाख १८ हजार सात सय ६८ बालबालिकालाई खोप लगाइएको स्वास्थ्य निर्देशनालयका खोप सुपरभाइजर अधिकृत लक्ष्मेश्वर झाले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार