बारा । जिल्ला प्रहरी कार्यालय बाराले अखाद्य तेलजन्य पदार्थ, ईन्धन र मिनि ट्रकसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा प्रहरीले जीतपुर सिमरा उपमहानगरपालिका–२२ स्थित हलेसि पेट्रोल पम्प नजिकैबाट गाडीमार्फत तेल चोरी गरी बिक्री वितरण हुँदै आएको अवस्थामा एक युवकलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा जीतपुरसिमरा–१२ फत्तेपुर निवासी २१ वर्षीय सुवास चौधरी रहेको बारा प्रहरी प्रमुख एसपी सन्तोष कुमार तामाङ्गले बताएका छन्।
चौधरीले सञ्चालनमा रहेको ना १ क २८३६ नम्बरको मिनि ट्रकमा विभिन्न प्रकारका तेल र अखाद्य पदार्थहरू लोड गर्दै गरेको अवस्थामा फेला परेको हो ।
इलाका प्रहरी कार्यालय जितपुरका सई वेदप्रकाश जोशीको नेतृत्वमा आईतवार साँझ खटिएको टोलीले घटनास्थलमा खानतलासी गर्दा झण्डै ८ हजार लिटर तेलजन्य पदार्थ बरामद गरेको हो।
बारा प्रहरीका अनुसार ५ हजार,७९५ लिटर बनस्पतिजन्य तेल जस्तो देखिने अखाद्य पदार्थ, १ हजार लिटरका ६ ड्रम र १५ लिटरका ५३ ग्यालेनमा रहेको, अनुमानित मूल्य ६ लाख ३७हजार ४५० तथा १ हजार लिटर पेट्रोल, २०० लिटरका ५ ड्रममा रहेको अनुमानित मूल्य १ लाख, ६२ हजार, ६०० लिटर डिजेल, २०० लिटरका ३ ड्रममा रहेको अनुमानित मूल्य ८७ हजार ६००, ६०० लिटर मट्टितेल, २०० लिटरका २ ड्रम, १०० लिटरको १ ड्रम, र २० लिटरका १५ ग्यालेनमा रहेको, अनुमानित मूल्य ८९हजार ४०० रहेका छन ।
बारा प्रहरीका अनुसार कुल बरामद इन्धन तथा अखाद्य तेलजन्य पदार्थको मूल्य ९ लाख ७६ हजार ४५० बराबरको रहेको छ।
बरामद मिनि ट्रक र चालक हाल प्रहरी नियन्त्रणमा छन् र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको बारा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी डिएसपी विजयराज पण्डितले जानकारी दिएका छन्।
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
काठमाडौँ । ग्यास विक्रेता महासंघ नेपालले खाना पकाउने एलपी ग्यास बिक्री गर्दा उपभोक्तालाई अनिवार्य रूपमा भ्याट बिल वा बिजक उपलब्ध गराउन व्यवसायीहरूलाई आग्रह गरेको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend