विराटनगर । नेपाली कथानक चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को पोस्टर आज विराटनगरको सेन्ट्रल मल्टिप्लेक्समा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको छ।
फरक ढंगले चलचित्रको प्रचार-प्रसार गर्ने उद्देश्यले देशका विभिन्न ठाउँबाट एकै साथ पोस्टर सार्वजनिक गर्दै चलचित्रको औपचारिक प्रचार सुरू गरिएको हो।
हिमाल न्यौपानेद्वारा निर्देशित यस चलचित्रमा विजय बराल, केकी अधिकारी र मिरुना मगर मुख्य भूमिकामा छन् भने गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा, कविता आले, तारा शर्मा, सृष्टि खड्का, निरु खड्का गौतम र सुवास सिंह ठकुरीलगायतको अभिनय रहेको छ। चलचित्रलाई कमल न्यौपाने र विमल न्यौपानेले निर्माण गरेका हुन् ।
निर्माण पक्षका अनुसार चर्चित कलाकारहरू तथा सफल निर्देशकद्वारा निर्माण भएको यो चलचित्र भदौ ६ गतेबाट देशभर एकैसाथ प्रदर्शनमा आउने छ ।
विराटनगरसँगै कोशी प्रदेशका प्रमुख सहरहरू इटहरी, धरान, विर्तामोड लगायत देशभरका १२ स्थानमा एकसाथ पोस्टर सार्वजनिक गरिएको थियो ।
विराटनगरको कार्यक्रममा प्रमुख अतिथि साहित्यकार भरत गुरागाईं रहेका थिए भने चलचित्रकर्मी, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
पोस्टर सार्वजनिक कार्यक्रमको व्यवस्थापन चलचित्र पत्रकार संघ कोशी प्रदेशकी कोषाध्यक्ष रश्मी थापाले गरेकी थिइन् भने समन्वय चलचित्र पत्रकार संघ मोरङले गरेको थियो ।
काठमाडौं । नेपाली चलचित्र क्षेत्रको प्रतिष्ठित १७ औँ डि सिने अवार्ड समारोहमा पत्रकार नुमाकान्त पौडेल सम्मानित भएका छन् । छायाँछवि क्रियशनको आयोजनामा काठमाडौंमा रहेको...
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले चलचित्र लालीबजार रोक्नुपर्ने बताएका छन् । अध्यक्ष साम्पाङले सामाजिक संजालमै लालीबजार रोक्नुपर्ने बताएका छन् । उनले लेखेका...
काठमाडौं । गएको भदौ २४ गतेको जेनजी प्रदर्शनमा नख्खुजेलमा आगजनी गरी कैदमुक्त भएका रास्वपा सभापति रवि लामिछानेलाई सनरुफवाला बीआईडी गाडीमा राखी आफैंले हाँकेको अन्तर्वार्ता...
काठमाडौँ। गायक रामकृष्ण ढकालले साइबर ब्युरोमा उजुरी दिएका छन्। गायक ढकालले आफ्नो चरित्र हत्या गरेको भन्दै शुक्रबार उजुरी दिएको साइबर ब्युरोका प्रमुख डीआईजी नविन्द अर्यालले...
मुम्बई । भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend