Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पाटेबाघको छालासहित ३ जना पक्राउ


    आइतबार, असार २२ २०८२
    980
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । दाङमा पाटेबाघको छालासहित तीन जना पक्राउ परेका छन्। शनिबार मध्यराति १ बजेतिर गढवा गाउँपालिका- ६ खवारीबाट प्रहरीले तीन जनालाई छालासहित पक्राउ गरेको हो ।

    पाटे बाघको छालाको किनबेच हुन लागेको भन्ने सूचना वडा कार्यालय लमहीले सूचना पाएको इलाका प्रहरी कार्यालय गडवाका प्रहरी निरीक्षक डबलबहादुर बमले जानकारी दिए।

    उक्त सूचनापछि वडा कार्यालय र इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बम र वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेको संयुक्त टोली खटिएको थियो।

    उक्त टोलीले करिब ९ फिट २ इन्च लामो र दुई फिट ३ इन्च चौडाइको बाघको छाला बरामद गरेको हो। छालासहित खवारीका ४१ वर्षीय विक्रम बुढामगर, राजपुर-१ का ५३ वर्षीय केशवराज सेन ठकुरी र बर्दियाका ३३ वर्षीय अनिल थारू छन्।

    पक्राउ परेकाहरूलाई वडा प्रहरी कार्यालय लमही राखिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार