Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सर्लाहीमा परालको भुसभित्र लुकाई ल्याइएको काजु बरामद, ट्रक चालक पक्राउ


    आइतबार, असार २२ २०८२
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सर्लाही । सर्लाहीको बागमती नगरपालिका–१२ स्थित चेकपोस्टमा प्रहरीले विशेष सूचनाका आधारमा ठूलो परिमाणमा काजु बरामद गरेको छ ।

    ईलाका प्रहरी कार्यालय कर्मैयाबाट प्रहरी निरीक्षक सुभाष यादवको नेतृत्वमा खटिएको टोलीले आइतबार बिहान करिब ११ बजे चेकजाँचका क्रममा मदनपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ग २ ख १४१८ नम्बरको मिनी ट्रक जाँच गर्दा परालको भुसभित्र लुकाइछिपाइ ल्याइराखिएको काजु फेला पारेको हो ।

    बरामद गरिएको काजुको तौल तथा मूल्य भने सार्वजनिक गरिएको छैन । प्रहरीले ट्रकसहित बरहथवा नगरपालिका–१३ बसबरीया घर भएका ५६ वर्षीय ट्रक चालक राजबंशी झालाई नियन्त्रणमा लिएको छ ।

    पक्राउ परेका चालकसहित ट्रक र काजु ईलाका प्रहरी कार्यालय कर्मैयामा राखिएको छ । प्रहरीले यस घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार