Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भोजपुर घटना: श्रीमती घर फर्किन नमानेपछि सबैको हत्या गरेको खुलासा


    आइतबार, असार २२ २०८२
    1.8K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । भोजपुरको रामप्रसाद राई गाउँपालिका– २ को धोद्लेखानी बोन्थिताङमा एकै परिवारका चार जनाको विभत्स रुपमा हत्या भएको छ । गएराति भोजपुर नगरपालिका–२ हेलाउँछ का ३० वर्षीय राजेन्द्र राईले आफ्नै ससुरालीमा गएर पत्नीसहित उनका माइती पक्षका चार जनाको हत्या गरेका हुन् ।

    राजेन्द्रले आफ्नै करिब १५ वर्षीया श्रीमती, १० वर्षीय सालो, ससुरा ६८ वर्षीय बेलबहादुर गिरी र सासू ४५ वर्षीया मञ्जु गिरीको हत्या गरेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार सबैको हत्या गरेपछि राजेन्द्रले आफैँ प्रहरीलाई फोन गरेर ‘मैले यस्तो गरेँ’ भन्दै जानकारी गराएका थिए । पारिवारिक विवादका कारण एकै परिवारका चार जनाको हत्या गरेको राजेन्द्रले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

    स्थानीयहरुका अनुसार राजेन्द्रले एक वर्षअघि मात्रै १४ वर्षीया किशोरीलाई भगाएर विवाह गरेका थिए । तर, शारीरिक तथा मानसिक यातनाको कारण उनी घरमा बस्न सक्ने स्थिती नभएपछि माइत आएर बसेकी थिइन् ।

    केही समयपछि नै राजेन्द्र उनलाई लिन ससुराली पुगेका थिए । तर, उनी आफूसँग जान नमानेपछि आवेगमा राजेन्द्रले ससुरा, सासू, श्रीमती र सालोलाई धारिलो हतियारले निर्ममता पूर्वक हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

    यो घटना सामान्य पारिवारिक विवादजस्तो देखिए पनि यसको जरा सानै उमेरमै भएको विवाहसँग जोडिएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

    सबैको हत्यापछि राईले आफैँमाथि पनि खुकुरी प्रहार गरेका छन् । अवस्था गम्भीर रहेका राजेन्द्रलाई उपचारको लागि जिल्ला अस्पताल भोजपुर लगिएको र घटना सम्बन्धमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार