Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उपरथीमा पदोन्नति भएका रविन्द्र खत्रीलाई दर्ज्यानीसँगै उपत्यका पृतनापतिमा नियुक्त


    शुक्रबार, असार २० २०८२
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली सेनाको सहायक रथीबाट उपरथी दर्जामा पदोन्नति भएका रविन्द्र खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

    २०८२ असार १३ गतेदेखि लागू हुने गरी भएको उक्त पदोन्नतिपश्चात् खत्रीलाई आज २० असार २०८२ मा जंगी अड्डामा आयोजित विशेष समारोहमा प्रधान सेनापति महारथी अशोक राज सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

    पदोन्नतिसँगै उपरथी रविन्द्र खत्री उपत्यका पृतना मुख्यालयको पृतनापतिमा नियुक्त भएका छन् ।

    उक्त समारोहमा बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरूका साथै पदोन्नति भएका उपरथी खत्रीको परिवारजनको उपस्थिति रहेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार