हेटौंडा । जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले २०८२ असार ११ गते काठमाडौंबाट बीरगञ्जतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रकबाट ३ सय १९ केजी लागूऔषध चरेश बरामद गर्यो ।
प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रकबाट उक्त चरेश बरामद गरिएको थियो । बीरगञ्ज महानगर–२१ परवानीपुर चोकमा रोकराखेकोे अवस्थामा ट्रक र चालकको खानतलासी गर्दा उक्त चरेश फेलापरेको थियो । उक्त ट्रकचालकले नै धादिङबाट आएको बयान दिएका छन् । पर्सा प्रहरीले बरामद गरेको चरेशको मूल्य प्रतिकेजी २५ देखि ३० हजारसम्म पर्ने प्रहरी स्रोत बताउँछ । ३ सय १९ किलो चरेशको मूल्य २५ हजारकै हिसाबले पनि करिब ८० लाख रुपैयाँ हुन्छ ।
११ भन्दा बढी चेकपोष्ट पार हुँदै चरेश बीरगंज पुग्यो ?
धादिङ हुँदै चरेश चितवन, मकवानपुर र बाराका ११ वटा चेकपोष्ट पार गरी पर्सामा पुग्दा पनि प्रहरीले उक्त चरेश फेलापार्न सकेन । उक्त चरेश प्रहरीको सेटिङमा पर्सा पुगेको आशंकालाई बल पुगेको छ ।
चितवनका मुगलिन, जुगेडी, रामनगर, बसपार्क, गोन्द्राङ, टाँडी, भण्डारा, लोथर पार हुँदा प्रहरीले पत्तो पाउन सकेन । यीमध्ये गोन्द्राङ र जुगेडीमा बढी चेकिङ हुने गर्दछ । यी नाकामा खटिएका प्रहरीले समेत सेटिङमै उक्त चरेश पार गराएको आरोप छ ।
मकवानपुरका मनहरी, सुनाचरी, जिल्ला प्रहरी कार्यालय, पशुपतिनगर, रातमाटे पार हुँदा पनि प्रहरीले थाहा पाउन सकेन । मनहरी र रातमाटेमा कडा चेकिङ गर्दा पनि प्रहरीले चरेश भेट्टाउन सकेन । बाराका अमलेखगंज, पथलैया, परवानीपुर, जितपुर नाका हुँदै उक्त चरेश पर्सा पुगेको थियो ।
यस्तो कडा चेकिङ हुँदा पनि कसरी चरेश पर्सा पुग्यो ? लागूऔषध कारोबारीहरुले उक्त चरेश पर्सा हुँदै भारततर्फ पार गराउन लानेक्रममा पर्सामा बरामद भएको थियो । विगतदेखि नै लागूऔषध कारोबारीहरुले चितवन र मकवानपुरबाट गाँजा, चरेश जस्ता लागूऔषध भारततर्फ लाने गरेका छन् । केही महिनाअघि भारतको पूर्वी चम्पारणमा ठूलो परिमाणमा नेपालबाट गएको गाँजा बरामद भएको थियो ।
यसैबीच, मकवानपुरका बिभिन्न भेगबाट गाँजातस्करी ब्यापक भएको छ । एक हप्ताअघि मात्र चौकीटोल क्षेत्रबाट गाँजा बोकेको डीआई गाडी स्कर्टिङ गरी पार गराएको स्रोत बताउँछ । सहायक हवल्दार उमेश मण्डल र जवान झलक थापाले स्कर्टिङ गरी उक्त गाडी पार गराएको स्रोत बताउँछ ।
मण्डल र थापालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी विश्वराज खड्काले घुमुवाका रुपमा परिचालन गरेका छन् । कारबाहीस्वरुप सरुवा गरिएका मण्डललाई एसपी खड्काले पुनः घुमुवाका रुपमा सादा पोशाकमा खटाएका छन् । प्रहरी चौकी टोलका असई केदार विकले समेत सेटिङमा गाँजा लोड भएका गाडी छाड्ने गरेको आरोप छ ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend