काठमाडौं । स्वस्थ रहनका लागि राती राम्रो र गहिरो निन्द्रा लिनु जरुरी छ ।
तर, आजको व्यस्त जीवनमा धेरै मानिसहरू ढिलो सुत्छन्। कोही कोही समयमै सुत्न जान्छन् तर धेरै घन्टासम्म ओल्टेकोल्टे र ओच्छयानमा नै यताउता घुमिरहन्छन्।
राती निन्द्रा नपुगेकोले दिनभरी धेरै अल्छीले बित्छ । धेरै पटक राम्ररी सुत्न नसक्दा गम्भीर रोग लाग्ने खतरा हुन्छ । यसले मानसिक र शारीरिक दुवै रूपमा धेरै नराम्रो असर गर्छ।
यस्तो अवस्थामा तपाईलाई पनि राति निन्द्रा लाग्दैन भने हामी तपाईका लागि केही खानेकुरा ल्याएका छौं, जुन तपाईले सुत्नुअघि खान सक्नुहुन्छ । यी फलफूल खाँदा निन्द्रा राम्रो हुन्छ भन्ने चिकित्सकहरूको सल्लाह रहेको छ ।
अश्वगन्धा
सुत्नुअघि अश्वगन्धा सेवन गर्न सक्नुहुन्छ । यसले दिनभरको तनाव कम गर्छ र निद्रामा पनि सुधार गर्छ। यो पिउनाले शक्ति बढाउनुलगायत अन्य धेरै फाइदाहरू रहेका छन्। यसको सेवनले तनाव कम गर्छ, जसले गर्दा राम्रो निद्रा लाग्छ।
बदाम
राति बदाम खाँदा निद्राको गुणस्तरमा सुधार हुन्छ । यो खाँदा मस्तिष्क पनि तेजिलो हुन्छ । वास्तवमा यसमा म्याग्नेसियम हुन्छ, जसले शरीरलाई निकै आराम दिन्छ, जसले राम्रो निन्द्रा पुर्याउँछ। यो खाँदा पाचन क्रिया पनि राम्रो हुन्छ ।
डार्क चकलेट
राती डार्क चकलेट पनि खान सकिन्छ । तर, यसलाई सिमित मात्रामा खानुपर्छ । यसमा म्याग्नेसियम हुन्छ, जसले निद्रा लाग्न मद्दत गर्छ। यसले तनावलाई पनि कम गर्छ, जसले मूडलाई सुधार्छ।
केरा
यदि सुत्नु अघि पाकेको पहिलो केरा खानु भयो भने पनि निन्द्रामा मस्त हुन सकिन्छ । तर, सुत्नु अघि २०–३० मिनेट अघि केरा खानु पर्छ । जसले सेरोटोनिन र मेलाटोनिन जस्ता स्लिपिङ हार्मोन विकास गर्न मधत गर्छ ।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौँ। सत्याग्रहमा बसिरहेका प्रा.डा. गोविन्द केसीमा माग सम्बोधन गर्न शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले छलफल थालेका छन्। शुक्रबार मन्त्री पोखरेलले डा.केसीको टोलीसँग अनौपचारिक रुपमा छलफल...
काठमाडौँ। पशु सेवा विभागले पन्छीमा देखिएको बर्डफ्लुको संक्रमण नियन्त्रणमा आएको दावी गरेको छ। काठमाडौँलगायत विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका...
काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने उद्देश्यले मन्त्रालयले संघ, प्रदेश र...
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा(एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले नतिजा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend