Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुर्गा प्रसाईंलाई भद्रपुरबाट बुद्ध एयरको विमानमार्फत काठमाडौँ ल्याइँदै


    शुक्रबार, चैत्र २९ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । काठमाडौँको तीनकुनेमा दुई जनाको ज्यान जाने गरी हिंसा मच्चाएर फरार रहेक दुर्गा प्रसाईंलाई भारतबाट पक्राउ गरी नेपाल ल्याइएको छ ।

    भारतको आसाम राज्यमा बिहीबार पक्राउ परेका उनलाई काँकडभिट्टा नाकाबाट आज (शुक्रबार) नेपाल भित्र्याइएको हो।

    अब उनलाई भद्रपुर विमानस्थलबाट बिहान १०स्४५ बजेको फ्लाइटमा काठमाडौँ ल्याउने तयारी गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ।

    राजसंस्था पुनस्स्थापनाका लागि भन्दै नवराज सुवेदीको संयोजकत्वमा गठित संयुक्त जनआन्दोलन समितिले यही चैत १५ गते काठमाडौँको तीनकुनेमा हिंसात्मक प्रदर्शन गर्दा रिपोर्टिङ गरिरहेका पत्रकारसहित २ युवक मारिएका थिए भने तोडफोड, आगजनी र लुटपाटबाट करोडौँ मूल्यको क्षति भएको थियो।

    प्रसाईं त्यस समितिअन्तर्गतका जनकमान्डर हुन्। तर हिंसा चर्किएपछि उनी लगत्तै फरार भएका थिए। त्यही घटनामा प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री तथा सांसद धवलशमशेर राणासहित ७३ भन्दा बढी आरोपितलाई पक्राउ गरिसकेको छ।

    प्रसाईं भागेलगत्तै नेपाल प्रहरीको विशेष ब्युरोको टोली पछ्याउँदै पुगेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार