काठमाडौं । भारतको आसाम प्रहरीले पक्राउ गरेका दुर्गा प्रसाईंलाई आज नेपालको काँकरभिट्टा प्रहरीलाई बुझाउँदैछ । नेपाल–भारतबीच सुपुर्दगी सन्धि नभएकाले दुबै देशका आरापीहरुलाई पक्राउ गरिसकेपछि एक अर्का देशलाई सुटुक्क बुझाउने गरिएको छ ।
कुख्यात अपराधी बब्लु दुवेलाई नेपालले भारतलाई बुझाएको थियो भने मनोज पुनलाई भारतले नेपालको सीमाक्षेत्रसम्म ल्याएपछि इन्काउन्टरमा मारिएका थिए । त्यसो त नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दाका नाइके बेचन झालाई दिल्लीले गड्डाचौकीमा ल्याएर बुझाएको थियो ।
दुर्गा प्रसाईलाई पनि आसाममा भारतीय प्रहरीले नेपाल प्रहरीको सूचनाका आधारमा पक्राउ गरेको थियो । तर नेपालमा नल्याइसकेकाले प्रहरीले पक्राउ नपरेको भन्दैआएको छ । तर केहीबेरअघि उनलाई काँकडभित्तामा ल्याइसकिएको र विमानमार्फत् काठमाडौंमा ल्याइँदैछ ।
दुर्गा प्रसाइँ निकट स्रोतका अनुसार उनलाई मानवअधिकारकर्मीको रोहबरमा नेपाल प्रहरीलाई बुझाइँदैछ । प्रसाईंलाई भारतबाट नेपाल ल्याइँदै गरेको हल्लापछि उनका आफन्त र शुभचिन्तकको मेची पुलमा भीड लागेको छ । तर, नेपाल प्रहरीले भने अर्कै नाकबाट प्रसाइँलाई नेपाल ल्याउने तयारी गरेको छ ।
प्रहरी स्रोतका अनुसार मेची पुलमा भीड लोगेपछि प्रसाईँलाई गलगलिया नाकाबाट नेपाल ल्याउने गरी रुट परिवर्तन भएको छ । गलगलिया नाका झापाको भद्रपुरसँग जोडिएको भारतीय सीमा हो । उनलाई लिन झापाका प्रहरी प्रमुख मिलन केसी गलगलिया हिँडेका छन् ।
प्रहरी श्रोतका अनुसार भारतीय प्रहरीबाट गलगलियामा प्रसाईँलाई हस्तान्तरण भएपछि चन्द्रगढी विमानस्थलबाट प्रसाईँलाई काठमाडौँ ल्याइने तयारी गरिएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend