Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • रामेछापको बाम्ती जाँदै गरेको बस रोशीमा दुर्घटना, ११ यात्रु घाइते


    बिहिबार, चैत्र २८ २०८१
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंबाट रामेछापको उमाकुण्ड जाँदै गरेको बस काभ्रेको रोशी गाउँपालिकास्थित दाउन्नेमा बिहीबार बिहानै दुर्घटना भएको छ ।

    प्रदेश–३–०१ –००६–१३३९ नम्बरको यात्रुवाहक बस रोशी गाउँपालिका –९ स्थित दाउन्नेमा पल्टिएको थियो ।

    दुर्घटनामा सामान्य घाइतेको मंगलटारस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुँदैछ । उक्त बस ब्रेक फेल भएर विपरीत दिशातिरबाट आएको हाइससँग ठोक्किएपछि पल्टिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार