काठमाडौं । सरकारले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूको परिवारलाई जनही १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। गृहमन्त्रीस्तरीय बैठकले गरेको यो निर्णय गृहमन्त्रीको सचिवालयले पुष्टि गरेको छ।
उक्त प्रदर्शनमा कीर्तिपुरका २९ वर्षीय सविन महर्जन र पत्रकार सुरेश रजकको मृत्यु भएको थियो। दुवैको शवको पोस्टमार्टम सम्पन्न भइसकेको छ। पोस्टमार्टम रिपोर्टअनुसार पत्रकार रजकको शरीरमा गोली नभेटिएको चिकित्सकहरूले बताएका छन्। तर, सविन महर्जनको शरीरमा भने एउटा गोली लागेको पाइएको छ।
सविनको दाहसंस्कार मङ्गलवार नै सम्पन्न भएको छ भने सुरेश रजकको दाहसंस्कार आज हुने जानकारी प्राप्त भएको छ। घटनाको विस्तृत अनुसन्धान जारी रहेको र पीडित परिवारलाई राहत प्रदान गर्ने सरकारको निर्णयले थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहुलियतपूर्ण ऋण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend