काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले नेकपा एमाले नेता रघुजी पन्तमाथि प्रश्न गरेका छन् ।
पूर्वराजा वीरेन्द्रले वेश्याबृति गरेको भन्ने कुरा पन्तले भनेको भन्दै पन्तको ‘मुखमा राक्षसको बास बस्ने’ गम्भीर आरोप लगाएका छन् ।
‘३ करोड नेपालीका प्रिय स्वर्गीय राजा वीरेन्द्रलाई हुँदै नभएको झुटो आरोप लगाएर तपाईँहरूको लुटतन्त्र कहिलेसम्म बचाउनुहुन्छ ?’ उनले प्रश्न गर्दै शाहीले भनेका छन, ‘सन् १९४६ मा जवाहरलाल नेहरु भारतीय प्रधानमन्त्री हुँदा राजा वीरेन्द्र शाह एक वर्षको हुनुहुन्थ्यो, एक वर्षको मान्छेले भारतको कलकत्तामा वेश्यावृद्धि गर्यो भन्दै आरोप लगाउने तपाईंका मुखहरुमा सायद राक्षसले बास गर्छन् ।’
शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुसी बनाउनका लागि उक्त कुरा बोलेको पनि जनाएका छन् । ‘माननीय रघुजी पन्तजीलाई मेरो अनुरोध निगाहमा पाएको सांसद पद जोगाउन कति लुटतन्त्रको र प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको चाप्लुसी गरेको ?’ नेपाली जनता तपाईंहरूको लुटतन्त्रको पक्षमा छैनन्। केही सीमित आसेपासे लुटतन्त्रमा सहभागी रस चुसेका चुसेराहरू मात्रै तपाईंको पक्षमा छन्।’
केही दिनअघि राजा वीरेन्द्र शाहले बेश्यावृत्ति गरेकाे भन्दै संसदमा केही प्रसङ्ग बाेलेपछि शाहीले सामाजिक सञ्जालबाट जवाफ दिएका हुन् ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend