Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १ लाख ३५ हजार नगदसहित ७ जना जुवाडे पक्राउ


    बुधबार, फाल्गुन २८ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानरपालिका- २६ मित्रनगरबाट जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    रूकुम पश्चिम मुसीकोट नगरपालिका-१० घर भएका ४५ वर्षीय संजय कुमार कठायतको लाईभ ईन गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक संजय समेत ७ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

    प्रहरी प्रभाग गोँगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३५ हजार रूपैयाँ र तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार