Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मालपोत कार्यालयका दुई कर्मचारी घुस रकमसहित पक्राउ


    मंगलबार, फाल्गुन २७ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । भूमिसुधार तथा मालपोत कार्यालय महोत्तरीका खरिदारसहित दुईजना ३५ हजार घुस रकमसहित पक्राउ परेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलीले खरिदार मुन्नुकुमार दास र लेखापढी व्यवसायी जिवछ महतोलाई घुस रकमसहित पक्राउ गरेको हो ।

    सेवाग्राहीबाट लिएको ३५ हजार रुपैयाँसहित कार्यालयबाटै दुवै जनालाई घुस रकमसहित पक्राउ गरेको स्रोतले जनाएको छ । थप विवरण आउन बाँकी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार