काठमाडौं । नेपालमा प्रतिबन्धित क्रिप्टो करेन्सी (अभौतिक मुद्रा) तथा अनलाइन जुवाको कारोबार गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। कास्की प्रहरीले फागुन २३ गते पोखरा महानगरपालिका- १४ स्थित अनुपम टोलबाट पाँच जनालाई पक्राउ गरेको हो।
कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाका अनुसार पक्राउ पर्नेमा म्याग्दीका ३३ वर्षीय विक्रम बानियाँ, १९ वर्षीय रोजन केसी, २२ वर्षीय सज्जन घिमिरे, २८ वर्षीय सन्दीप कटुवाल र पर्वत जिल्ला घर भएका रुपेन्द्र जिसी छन्।
उनीहरूलाई प्रदेश प्रहरी कार्यालय पोखरा र कास्की प्रहरीको टोलीले पक्राउ गरेको हो। जिसीको साढे तीन तलाको घरबाट क्रिप्टो करेन्सी तथा अनलाइन जुवा खेलाएको अवस्थामा पक्राउ गरिएको ओलियाले बताए। उनीहरूको साथबाट प्रहरीले ३१ थान मोबाइल, कम्प्युटर २ थान, ल्यापटप ४ थानलगायत बरामद गरिएको छ।
पक्राउ परेकाले ह्वाट्सएप, टेलिग्राम, क्यास एपलगायतबाट अनलाइन जुवा खेलाएर १५ करोड र क्रिप्टो करेन्सीतर्फ १५ करोडको कारोबार गरेको पाइएको ओलियाले बताए। अनलाइन जुवामा भएको कारोबार उनीहरूले क्रिप्टो करेन्सीमार्फत् विदेश पुर्याउने गरेको ओलियाले बताए।
‘दैनिक तीन सिफ्टमा कम्तीमा एक सिफ्टको ३ हजार अमेरिकी डलरको दरले अनलाइन जुवा खेलाएको पाइएको छ,’ ओलियाले भने, ‘उक्त अनलाइन जुवाको रकम क्रिप्टो करेन्सीद्वारा गरेको पाइएको छ।’ पक्राउ परेकालाई जिल्ला अदालतबाट सात दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको छ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend