काठमाडौं । नेपालमा प्रतिबन्धित क्रिप्टो करेन्सी (अभौतिक मुद्रा) तथा अनलाइन जुवाको कारोबार गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। कास्की प्रहरीले फागुन २३ गते पोखरा महानगरपालिका- १४ स्थित अनुपम टोलबाट पाँच जनालाई पक्राउ गरेको हो।
कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाका अनुसार पक्राउ पर्नेमा म्याग्दीका ३३ वर्षीय विक्रम बानियाँ, १९ वर्षीय रोजन केसी, २२ वर्षीय सज्जन घिमिरे, २८ वर्षीय सन्दीप कटुवाल र पर्वत जिल्ला घर भएका रुपेन्द्र जिसी छन्।
उनीहरूलाई प्रदेश प्रहरी कार्यालय पोखरा र कास्की प्रहरीको टोलीले पक्राउ गरेको हो। जिसीको साढे तीन तलाको घरबाट क्रिप्टो करेन्सी तथा अनलाइन जुवा खेलाएको अवस्थामा पक्राउ गरिएको ओलियाले बताए। उनीहरूको साथबाट प्रहरीले ३१ थान मोबाइल, कम्प्युटर २ थान, ल्यापटप ४ थानलगायत बरामद गरिएको छ।
पक्राउ परेकाले ह्वाट्सएप, टेलिग्राम, क्यास एपलगायतबाट अनलाइन जुवा खेलाएर १५ करोड र क्रिप्टो करेन्सीतर्फ १५ करोडको कारोबार गरेको पाइएको ओलियाले बताए। अनलाइन जुवामा भएको कारोबार उनीहरूले क्रिप्टो करेन्सीमार्फत् विदेश पुर्याउने गरेको ओलियाले बताए।
‘दैनिक तीन सिफ्टमा कम्तीमा एक सिफ्टको ३ हजार अमेरिकी डलरको दरले अनलाइन जुवा खेलाएको पाइएको छ,’ ओलियाले भने, ‘उक्त अनलाइन जुवाको रकम क्रिप्टो करेन्सीद्वारा गरेको पाइएको छ।’ पक्राउ परेकालाई जिल्ला अदालतबाट सात दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको छ।
काठमाडौँ । प्रहरी महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीको नीति समन्वय समिति (पीसीसी) को बैठक बोलाएका छन्। बिहीबार दिउँसो २ बजे नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा...
काठमाडौँ। मकवानपुरको भीमफेदी गाउँपालिका –०८, ईपादेउरालीस्थित भित्री सडकखण्डमा बसको ठक्करबाट ६३ वर्षीया पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार बिहान करिब ०७:३० बजे ईपाबाट हेटौँडातर्फ...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
काठमाडौँ। आगामी कात्तिक १५ गतेदेखि नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण आज हुँदै छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend