काठमाडौं । महिलालाई दार्जिलिङ घुम्न लैजाने भन्दै महाराष्ट्रको कोठीमा बेचबिखन गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिका- ७ का ३२ वर्षीय मानबहादुर तामाङ र सोही गाउँपालिका- ६ का २४ वर्षीय सोमबहादुर तामाङ रहेका छन्।
मानव बेचबिखन ब्युरोको टोलीले काठमाडौं तारकेश्वर नगरपालिकामा बस्दै आएका मानबहादुरलाई मनमैजुबाट फागुन २१ गते र २३ गते तारकेश्वरबाटै सोमबहादुरलाई पक्राउ गरेको हो।
दुबै जनालाई पक्राउपछि आइतबार पत्रकार सम्मेलन गरी ब्युरोले सार्वजनिक गरेको छ। पत्रकार सम्मेलनमा ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले तामाङद्वयले गत मंसिर १८ गते ललितपुर गोदावरी नगरपालिका(१२ चापागाउँ ठेचोबाट दुई जना महिलालाई दार्जिलिङ घुम्न जाने बहानामा लिएर हिँडेका थिए।
कुँवरका अनुसार उनीहरूले ललितपुरबाट महिलालाई सुरूमा कोटेश्वर ल्याए। कोटेश्वरबाट झापा काँकडभिट्टाको बाटो हुँदै दार्जिलिङ पुर्याए। ‘त्यहाँबाट कलकत्ता, दिल्ली हुँदै महाराष्ट्र पुर्याएको अनुसन्धानमा खुलेको छ,’ कुँवरले भने।
त्यसपछि उनीहरूले महिलालाई महाराष्ट्रको पुनेस्थित न्यू विल्डिङ ९फुड प्लाजा० बुधबारे पेठको रेडलाइट एरियामा पुर्याएका थिए। ‘उक्त रेडलाइट एरियाको कोठीमा पुर्याएर उनीहरूले महिलालाई व्यावसायिक रूपमा बेश्यावृत्तिमा लगाएका थिए, ती महिलालाई गत माघ १५ गते उद्धार गरी नेपाल ल्याइएको थियो,’ कुँवरले पत्रकार सम्मेलनमा भने।
उद्धारपछि नेपाल आएर ती महिलाले प्रहरीमा निवेदन दिएका थिए। अनुसन्धान अनुसार दुबै महिलालाई निरिमाया घलानको नाममा नक्कली नागरिकता परिचय पत्र बनाएर काँकडभिट्टा पुर्याइयो। ‘बोर्डर पार गर्ने बेलामा कसैले सोधे यो कार्ड देखाउनु भनेर महिलालाई भारत लगिएको थियो,’ कुँवरले भने।
दार्जिलिङ, कलकत्ता र दिल्ली हुँदै महाराष्ट्रको पुनेमा लगेपछि महिलालाई कोठीमा पुर्याइएको अनुसन्धानबाट खुलेको कुँवर बताउँछन्। कोठीमा पुर्याएपछि उनीहरूले महिलालाई १ लाख ५० हजार रुपैयाँमा बिक्री गरेका थिए। कोठीमा बिक्री भएपछि ती महिलालाई जबरजस्ती बेश्यावृत्तिमा लगाइएको थियो।
ती महिलाले सँगै कोठीमा काम गर्ने महिलाको सहयोगमा नेपालमा आफ्ना श्रीमानलाई फोन गरे। त्यसपछि उद्धारको याचना गर्दै श्रीमानहरू ब्युरोमा निवेदन दिन पुगेका थिए। ब्युरोले भारतीय प्रहरीसँग समन्वय गरी ती महिलालाई उद्धारको पहल गरेको थियो। ती महिला भारतीय प्रहरीलाई बसको टिकट काट्न लगाएर सुगौलीसम्म आएर नेपाल छिरेका थिए।
मानबहादुर तामाङ यसअघि पनि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ परी जेलबाट छुटेका थिए। उनलाई सुरू अदालतले १० वर्ष कैद सजाय तोकेको थियो। उच्च अदालतले सजाय घटाएर पाँच वर्ष तोकेपछि मानबहादुर कैदमुक्त भई पुनस् मानव बेचबिखनजन्य कार्यमा संलग्न भएको पाइएको छ।
कुँवरका अनुसार त्यो अपराधमा संलग्न अर्का प्रतिवादी सञ्चबहादुर तामाङ डाँका तथा चोरी मुद्दामा हाल नख्खु कारागारमा रहेका छन्। अहिले पक्राउ परेका दुबै जनालाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अदालतबाट थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको कुँवरले बताए।
ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र जिसीले चालू आर्थिक वर्ष २०८०/८१ को हालसम्म मानव बेचबिखनका ३१ मुद्दा दर्ता भएको र त्यसमा २० जना महिला र ६३ जना पुरुष पक्राउ परेको जानकारी दिए।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend