सप्तरी । हराएको नागरिकतामा आफ्नो फोटो टाँसेर बैंक खाता खोलेर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा राजविराज नगरपालिका-५ बस्ने २० वर्षीय अरूणकुमार यादव र सोही ठाउँका २८ वर्षीय अभिषेक यादव रहेका छन्। उनीहरूलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले बताए।
खतिवडाका अनुसार गत असार महिनामा एक जनाले नागरिकता हराएका थिए। त्यो नागरिकता अरूणकुमारले फेला पारेका थिए। ‘नागरिकतामा भएको फोटो उप्काएर आफ्नो फोटो टाँसेर बैंक खाता खोलेको पाइएको छ,’ खतिवडाले भने। अभिषेकले अरूणकुमारलाई त्यस कार्यमा सहयोग गरेको खुलेको खतिवडाले बताए।
नागरिकतामा आफ्नो फोटो टाँसेपछि अरूणकुमार विराटनगर पुगेका थिए। उनले विराटनगरमा रहेको सिटिजन्स बैंक पुगेर पीडितको नाममा खाता खोले। ‘खाता खोलेपछि उनले अन्य विभिन्न व्यक्तिबाट लाखौं रुपैयाँ ठगी गरेको भनी उजुरी आएको छ,’ खतिवडाले भने। दुबै जनाले कति रकम ठगी गरे भन्नेबारे बैंकसँग विवरण मागिएको छ।
‘पहिले नागरिकता दुरुपयोग तथा किर्तेमा अनुसन्धान थालिएको छ,’ खतिवडाले भने, ‘बैंकबाट रकमको विवरण आएपछि ठगीमा थप कारबाही हुन्छ।’ दुबै जनालाई जिल्ला अदालतबाट थुनामा राख्ने अनुमति लिई अनुसन्धान थालिएको छ।
काठमाडौँ । प्रहरी महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीको नीति समन्वय समिति (पीसीसी) को बैठक बोलाएका छन्। बिहीबार दिउँसो २ बजे नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा...
काठमाडौँ। मकवानपुरको भीमफेदी गाउँपालिका –०८, ईपादेउरालीस्थित भित्री सडकखण्डमा बसको ठक्करबाट ६३ वर्षीया पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार बिहान करिब ०७:३० बजे ईपाबाट हेटौँडातर्फ...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
काठमाडौँ। आगामी कात्तिक १५ गतेदेखि नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण आज हुँदै छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend