काभ्रे । धुलिखेल अस्पतालका आवासीय चिकित्सकको आत्महत्या प्रयाससँग सम्बन्धित घटनामा डीन कार्यालयले स्वतन्त्र छानबिन समिति बनाएको छ ।
धुलिखेल अस्पतालका आवासीय चिकित्सकको आत्महत्या प्रयाससँग सम्बन्धित घटनालाई लिएर नेपाल मेडिकल काउन्सिलले ४ जना चिकित्सकलाई ७ दिनका लागि निलम्बन गरे सँगै डीन कार्यालयले स्वतन्त्र छानबिन समिति बनाएर ५ दिन भित्र प्रतिवेदन पेस गर्न निर्णय गरेको हो ।
बुधबार बेलुका बसेको ‘स्कुल अफ मेडिकल साईन्सेज’ को निर्णयले ५ दिनको समय तोक्दै उपकुलपतिलाई प्रतिवेदन बुझाउने सँगै निलम्बनमा परेका कुनै पनि चिकित्सकलाई नियमित हैसियतको काम कारबाही गर्न नदिन समेत जारी गरेको सूचनामा उल्लेख छ ।
आवासिय चिकित्सकले ओभरडोज औषधी सेवन गरेको र अस्पतालमै उपचार पश्चात् अहिले सामान्य अवस्थामा फर्किएको अस्पतालले यस अघि नै जनाएको थियो ।
अस्पतालका विभागीय प्रमुख एवं एसोसियट डिन प्रोफेसर डा. अजय रिसाल, एसोसियट प्रोफेसर डा। दीपक कुँवर, लेक्चररद्वय डा. वर्षा श्रेष्ठ र डा. रिका रिजाललाई मेडिकल काउन्सिलले एक साताका लागि निलम्बन गरेको अस्पतालले सूचना जारी गरी जानकारी दिएको थियो ।
गत फाल्गुन ४ गते चिकित्सकले आत्महत्याको प्रयास गरेकोमा काउन्सिलको पत्र बमोजिम ४ जनालाई ७ दिनका लागी निलम्बनमा राखिएको धुलिखेल अस्पतालले जारी गरेको सूचनामा उल्लेख थियो । गत १२ फागुनमा बसेको काउन्सिलको पूर्ण बैठकले उनीहरुलाई काम कारबाहीमा संलग्न नगर्नरनगराउन केयु स्कुल अफ मेडिकल साइन्सेजलाई काउन्सिलले निर्देशनात्मक पत्राचार गरेको हो ।
उक्त विषयलाई लिएर उजुरी परेपछि काउन्सिलले सदस्य डा. कालुसिंह खत्री र पुण्यरत्न शाक्यलाई अनुसन्धानका लागि धुलिखेल पठाएको थियो । उजुरी र स्थलगत अध्ययन प्रतिवेदनमा छलफलपछि काउन्सिल निलम्बन गर्ने निर्णयमा पुगेको हो ।
अस्पताल प्रशासन घटनाबारे चुप रहेता पनि काउन्सिलको निलम्बन पत्र पश्चात भने निलम्बन गरिएको सूचना जारी गरेको थियो । सूचना पश्चात् स्कुल अफ मेडिकल साइन्सेजको डीन कार्यलयले स्वतन्त्र छानबिन समिति गठन गरेको हो ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend