भक्तपुर । भोलि शुक्रबारदेखि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को आठौँ महाधिवेशन भक्तपुरमा हुने भएको छ । महाधिवेशनको उदघाटन पार्टी अध्यक्ष नारायणमान बिजुक्छे रोहितले गर्ने कार्यक्रम तय गरिएको छ ।
फागुन १६, १७, १८ र १९ गते हुने महाधिवेशनको उदघाटन फागुन १६ गते शुक्रबार दिउँंसो १ बजे सल्लाघारी भक्तपुरस्थित एक सय आठ रोपनीको खुल्ला चौरमा हुने जनाइएको छ । महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको नेमकिपाका केन्द्रीय सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले बताए । महाधिवेशनका लागि सातै प्रदेशबाट प्रतिनिधि पर्यवेक्षकहरु बिहीबार नै भक्तपुर पुगिसकेको उनले जनाए । आउने क्रम अझ जारी रहेको पार्टीले जनाएको छ ।
उदघाटन अघि काठमाडौं कोटेश्वर, भक्तपुरका विभिन्न पाँंच ठाउँंहरुबाट छुटाछुटै जलुश गरी सल्लाघारी उदघाटनस्थलमा पुग्ने जनाइएको छ । विहान १० बजे भेला भई बाजागाजाका साथ रयालीसहित उदघाटनस्थल सल्लाघारी भक्तपुरमा दिउँंसो १ बजे पुग्ने जनाइएको छ ।
महाधिवेशनको पूर्वसन्ध्यामा भक्तपुरका विभिन्न ठाउँंहरुमा सकुण्डा रयाली निकालिएको छ । पार्टी र पार्टी निकटका जनवर्गीय संगठनहरुले छुटाछुटै रुपमा टोलटोलमा महाधिवेशनको प्रचारप्रसारका लागि रयाली निकालेका हुन् ।
पार्टीको स्थापना विक्रम संवत् २०३१ साल माघ १० गते भएको थियो । पार्टीको पहिलो महाधिवेशन २०४७ सालमा रुपन्देही जिल्लाको भैरहवामा सम्पन्न भएको थियो । सातौँ महाधिवेशनसम्ममा पार्टी संस्थापक अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)लाई नै सर्वसम्मत अध्यक्ष चुन्दै आएको छ । यसअघिको सातौँ महाधविशेनले बिजुक्छेको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो । २३ केन्द्रीय र २ जना वैकल्पिक केन्द्रीय सदस्य थिए ।
सातौँ महाधिवेशनबाट निर्वाचित अन्य सदस्यहरूमा कार्यसमितिमा प्रेम सुवाल, सुनिल प्रजापति, मोहनप्रसाद प्रजापति, डिल्लीप्रसाद काफ्ले, नवराज कोइराला, जग्यबहादुर शाही थिए । त्यसैगरी सनकमान महर्जन, नन्दबहादुर शाही, बजिर सीँ विश्वकर्मा, नर्मा गुरुङ, नारायण महर्जन, सरोजराज गोसाई, उकेश कवां, खगेन्द्रबहादुर शाही, कृष्णकुमार वैद्य, अनुराधा थापामगर सदस्यमा निर्वाचित भएका थिए । कमलमैया सुवाल, हरिसुन्दर बासी, राजवीर डंगोल, सुरेन्द्रराज गोसाई, सृजना सायजू, सरोजकुमार साह र वैकल्पिक केन्द्रीय सदस्यमा कृष्णबहादुर तामाङ र मुक्ति यादव निर्वाचित भएका थिए । निर्वाचित कार्यसमितिबाट प्रेम सुवाललाई सचिव र मोहनप्रसाद प्रजापतिलाई कोषाध्यक्षको जिम्मेवारी दिइएको थियो ।
पार्टीको अध्यक्षमा लगातार नारायणमान बिजुक्छेँ रही आएका छन् । ८५ वर्षका बिजुक्छे नेतृत्वको पार्टीमा आठौँ महाधिवेशनबाट पनि अध्यक्षमा नै चुनिने सङ्केत नेताहरूले गर्दै आएका छन् । पार्टीको स्थापना २०३१ माघ १० मा भएको थियो । त्यसपछि प्रथम सम्मेलन २०४७ पौष २८,२९ र ३० भैरहवामा, दोस्रो सम्मेलन २०५१ असोज ३ र ४ भक्तपुरमा, तेस्रो सम्मेलन २०५५ माघ १२,१४ र १५ भक्तपुरमा, चौथो महाधिवेशन २०६० भदौ ११, १२ र १३ भक्तपुरमा, पाँचौँ महाधिवेशन २०६५ भदौ ६,७ र ८ काठमाडौँमा, छैटौँ महाधिवेशन २०७० चैत २१,२२,२३ र २४ काठमाडौँमा, सातौँ महाधिवेशन २०७६ असोज ३,४ र ५ भक्तपुरमा भएको थियो । आठौँ महाधिवेशन २०८१ फागुन १६, १७, १८ र १९ भक्तपुर हुने भएको हो ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend