भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) लगायतको टोलीले मंगलबार भक्तपुर नगरका विभिन्न तीन ठाउँंहरुमा निर्माणाधिन सयौं वर्ष पुराना निर्माणाधीन ऐतिहासिक सम्पदाहरुको निरीक्षण गरेको छ ।
भक्तपुर दरबार क्षेत्रमा अवस्थित थन्थु दरबार, गःहिटीस्थित निर्माणाधीन ऐतिहासिक लक्ष्मीनरसिंह मन्दिर र तालाक्वमा अवस्थित इखालाछी मठ पुनःनिर्माण कार्यको स्थलगत निरीक्षण गरेको हो ।
निरीक्षणका क्रममा अध्यक्ष बिजुक्छेले सम्पदा पुनःनिर्माणको कार्यमा भक्तपुर नपाको अग्रसरता प्रशंसनीय भएको बताउँदै सम्पदा पुनःनिर्माणले नयाँ पुस्ताको सेवा गर्ने बताए ।
उनले भक्तपुरको मौलिक स्वरुप संरक्षणमा नपाको अग्रसरता सराहनीय भएको बताउँदै यहाँका सम्पदा पुनःनिर्माणमा स्थानीय जनताको साथ र सहयोग पनि महत्वपूर्ण विषय भएको बताए ।
उनले सम्पदा संरक्षण गर्ने जिम्मेवारी स्थानीय तहलाई दिइएको खण्डमा देशभरकै सम्पदाहरु संरक्षण हुने बिचार राखे । सम्पदाको महत्वबारे नयाँ पुस्तालाई अवगत गराउन सके स्वतःस्फूर्त रुपमा संरक्षण र सम्बद्र्धन हुँदै जाने बताउँदै उनले भक्तपुरको मौलिक पहिचान नै यहाँको परिचय भएको बताए ।
निरीक्षणमा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, वडाध्यक्ष, जनप्रतिनिधिलगायतको सहभागिता
रहेको थियो ।
भक्तपुरको लक्ष्मीनरसिंह मन्दिर सात सय वर्ष पुरानो देखिन आएको जनाइएको छ । लक्ष्मीनरसिंह मन्दिरभित्र शक्तिसहितको शान्त भावको लक्ष्मीलाई साथमा लिएको नरसिंहको मूर्ति अवस्थित छ । भक्तपुर महोत्सवको तयारीस्वरुप भक्तपुर नपाले यहाँका सांस्कृतिक एवम् ऐतिहासिक सम्पदाहरुको पुनःनिर्माण र संरक्षण कार्यलाई तीव्रता दिइएको छ ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend