काठमाडौँ । देशमा आर्थिक संकट रहेको बेला सरकारका मन्त्री र उच्चतहका कर्मचारीको विदेश भ्रमण रोकिएको छैन । सरकारका हरेक निर्णयमा कुनै न कुनै विदेश भ्रमणका निर्णयहरु हुने गरेको देखिन्छ ।
यसैबीच सभामुख देवराज घिमिरेले संसद बैठक नै स्थगित गरेर सबै दलका प्रमुख सचेतक लिएर स्वीजरल्याण्डको भ्रमणमा गएको विषय र उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको ९ दिनसम्म चीनको भ्रमण हुन लागेको विषय चर्चामा रहेको छ ।
चैत्र ८ गते सभामुख देवराज घिमिरे अन्तर व्यवस्थापिका सङ्घको एक सय ४८औँ महासभामा सहभागी हुन दश सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्वीट्जरल्याण्डतर्फ लागेका छन् ।
चैत १० देखि १४ गतेसम्म अन्तर व्यवस्थापिका सङ्घको प्रधान कार्यालय रहेको जेनेभामा सञ्चालन हुने महासभामा सहभागी हुन सभामुख घिमिरेसँग संसदीय दलका प्रमुख सचेतक नेपाली कांग्रेसका रमेश लेखक, एमालेका महेशकुमार बर्तौला, माओवादी केन्द्रका हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष परियार स्वीट्जरल्याण्ड पुगेका छन् । यस्तै राष्ट्रियसभा सदस्य गङ्गाकुमारी बेलबासे, सङ्घीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरी, उपसचिव प्रदीप गुरागाई र सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईसमेत भ्रमण टिममा सहभागी रहेका छन् । सभामुख नेतृत्वको टोली चैत १६ गते बिहान स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।
यसमा रोचक कुरा के छ भने यसका लागि संसद नै बन्द गरिएको छ । चैत्र ७ गते बसेको प्रतिनिधिसभाको बैठक अब चैत्र १८ गते बस्ने गरि तोकिएको छ । अहिले देशमा अन्योलता बढेको, व्यवस्थाप्रति नै सडकबाट प्रश्न उठिरहेको, आर्थिक संकटले चौतर्फी रुपमा अर्थतन्त्र धारासायी भएको दलका सांसद नेताहरुले संसदमै बोलिरहेने तर अवसर पाउना साथ संसद बैठक नै रोकेर विदेश भ्रमणमा कुदिहाल्ने दोहोरो चरित्र राजनीतिमा देखिएकैले अहिले राजनीतिक वितिष्णा बढेको सजिलै अनुमान गर्न सकिन्छ ।
त्यस्तै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चैत्र ११ देखि १९ गतेसम्म चीनको भ्रमणमा जादै छन् । सामाजिक सञ्जालमा परराष्ट्रमन्त्री ९ दिनसम्म चीन भ्रमण गर्ने विषय प्रश्न उठेको छ । सत्तारुढ दल नेकपा एमालेकै युवा नेता विष्णु रिजालले सामाजिक सञ्जालमार्फत परराष्ट्रमन्त्रीलाई कति फुर्सद हो ? भन्दै प्रश्न गरेका छन् ।
उनले भनेका छन्- कति लामो भ्रमण हो ? कति फुर्सत हो परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई ? चीनको भ्रमणमा ९ दिन खर्चिनुपर्ने के रहेछ ? २०२३ मा प्रधानमन्त्री प्रचण्डले पनि चीनमा ९ दिनै घुमफिरमा बिताउनुभएको थियो । दुनियाँले के भन्छ होला ? अलिकति त ख्याल गर्नुपर्ने होइन र ?’
यसअघि गृहमन्त्री रहेका श्रेष्ठ अहिले परराष्ट्रमन्त्री बनेका छन् । परराष्ट्रमन्त्रीको रुपमा उनको अहिलेको प्राथमिकता रुसी सेनामा रहेका नेपालीहरुको छिटो उद्धार गर्नु हुनुपर्ने हो । अहिलेसम्म सरकारसँग रुसी सेनामा कति नेपाली छन् भन्ने आँकडा समेत नभएको अवस्थामा यस विषयलाई प्रमुख एजेण्डा बनाएर काम गर्नुको सट्टा ९ दिनसम्म चीनको भ्रमणलाई प्राथमिकता दिएका छन् ।
निष्कर्षमा राजनीतिक रुपमा अहिले नयाँ दल र पुराना दलको संयुक्त सरकार छ । तर पद तथा विदेश भ्रमणको अवसरलाई दाँया बाँया नहेरी लिने सन्दर्भमा पुरानासँगै नयाँले पनि खुट्टा उचाल्ने गरेको पाइन्छ । यसले राजनीतिक रुपमा थप वितिष्णा बढाउने र सरकारप्रतिको विश्वास घट्ने नै देखिन्छ ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend