Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सुर्खेत विद्यार्थी बोकेको बस दुर्घटना


    आइतबार, फाल्गुन ४ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • धनगढी । बाजुराका विद्यार्थी बोकेको बस सुर्खेत दुर्घटना भएको छ । नेपालगञ्ज भ्रमणका लागि विद्यार्थी बोकेको सुदूरपश्चिम प्रदेश ०१००१ ख ३०५४ नम्बरको बस आइतबार बेलुका कर्णाली राजमार्ग अन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका–५ आपखोलीमा स्टेरिङ फेल भएर दुर्घटना भएको हो ।

    बस बाजुरा जिल्लाको भानुदय विद्यालयको २६ जना विद्यार्थी बोकेर नेपालगन्ज भ्रमणको लागि हिडेको थियो। बस दुर्घटना हुँदा राजमार्गबाट १० मिटर तल खसेको छ ।

    दुई विद्यार्थी घाइते भएका छन् । घाइते हुनेमा बाजुराको बुढिगङ्गा नगरपालिका–६ का १८ वर्षीय हेमराज जैसी र सुनिलराज उपाध्याय रहेका छन्। उनीहरूलाइ उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत लगिएको छ ।

    अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार